Skip to content


प्रेम भाव नभए सृष्टि नै हुदैन
त्यसैले ईश्वरले प्रेमभाव दिएछन्
म प्रेम गर्छु मलाई,
मेरो आकृति अनि प्रकृतिलाई
समग्रमा मेरा सबैलाई

प्रेम बिना जन्म हुन्न
प्रेम बिना जिउन सकिन्न
प्रेम दृस्टी होकि श्रीस्टि हो,
मन हो, जीवन हो, जे हो प्रेम नै हो
दयामाया, बिबेकधर्म नै प्रेम हो
त्यसैले हर प्राणीलाई माया गर्छु
हर आत्मालाई कदर गर्छु
माया कै संसारमा जिउछु
मायामै हास्छु, माया मै बोल्छु
मायामै खेल्छु, मायामै रमाउँछु
मायामा नै गीतहरू गाउछु लेख्छु
माया बिनाको संसार खै ?
मत माया नै मायामा संसारै देख्छु
बिना मायामा ता मृत्यु मात्र भेट्छु
सबैको चाह तेसैमा भेट्छु म
पनि
त्यही हुन्छु सबै जस्तै हुन्छु
प्रकृतिमै रम्छु
मत सबैलाई एकै देख्छु
मत संसारैसँग माया गर्छु
परमेस्वर्को सृष्टिमा रमाएर
माया गर्छु, संसारै मेमा देख छु
सबै सबैलाई नै माया गर्छु

31 August, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *