Skip to content

एकादेशको कथा

  • by


खिचातानी बुद्धको
लुटिन्दैछ माटो
आत्मा हत्या हुदैछ ईज्जतको
तर
चुपचाप छन
सिंहासन हाक्ने महापारथीहरू

यसरी नै मौनतामा बस्ने हो भने

एक दिन हामी हराउछौ
एक दिन हामी गुमाउछौ
हाम्रो अधिकार
हाम्रो परिचय
हाम्रो इतिहास
हाम्रो नाउ निशाना

पूर्खाका रगतले लेखिएका सीमाना
सुन्दरताको छहारीले छाटिएको
हाम्रो देश
साहसी शहिदका वलिदान
हो अवस्य हामी मेटाउछौ

त्यो दिन त्यो रात
सिखरको उच्चाईमा निदाउने सगरमाथा
लुम्विनीको न्यानो काँख
हाम्रा अजर अमर मुनामदन
भ्रमर चुम्वनमै ओईली झर्ने
शिरीषको फूलमा फक्रिएर फूलेकी पारिजात
शंकर लामिछानेको भूमिकासँगै
घुम्ने मेचमाथि जन्मिएर
नयाँ जीवन पाएका भूपी शेरचन
हामी सारा नेपाली

एउटा पौराणिक कथाका पात्र
जस्तै बन्ने छौ
सबैले पढने छ
प्राणहीन किताबका छातीमा कोरिएका
काला अक्षरहरू
सबैले भन्ने छ
विश्वको मानचित्र पल्टाउदै
उहीले उहिले एकादेशमा
एशियाको माझमा नेपाल र नेपाली थियो रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *