Skip to content

घरिघरी बिफल योजनाहरू


घरिघरी बिफल योजनाहरू
अनि यसैले दिए बेदनाहरू

आफ्नो भन्ने हुँदा मात्रै हो
दु:ख पर्दा शुभ-कामनाहरू

के कुरा गर्नु मायाको त !
कन्डोमसँगको तुलनाहरू

जोडे दु:खले उसैलाई भनी
के अर्थ अब पोते गहनाहरू

वस्त्र त च्यातेनौ तै पनि
बलत्कृत जस्तै भावनाहरू

पत्र उस्तै र तस्वीर पनि
फेरिएछ त बस जमनाहरू

कागजी फूल

Leave a Reply

Your email address will not be published. Required fields are marked *