• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

नमस्कारका केही उत्तरआधुनिक अर्थहरू

Komal Prasad Po... — Sat, 09/28/2013 - 21:17

  • हास्यव्यङ्ग्य
  • कोमलप्रसाद पोखरेल

नमस्कार यो धेरै प्रचलित अनि हरबखत प्रयोग हुने शब्द हो । नमस्कारका पर्यायका रूपमा नमस्ते, दर्शन, जयनेपाल, अभिवादन, लाल सलाम आदि शब्दहरू प्रयोग एवं प्रचलनमा रहेका छन् । उपर्युक्त शब्दहरूका आआफ्नै विशेषता छन् । प्रस्तुत लेखमा नमस्कार शब्दको मात्र शैक्षिक र राजनीतिक अर्थहरू केलाउने जमर्को गरिएको छ । यसमा पनि दृष्टार्थभन्दा अदृष्टार्थलाई र अभिधार्थभन्दा व्यङ्ग्यार्थलाई कोट्याउन खोजिएको छ । यो लेखकको नितान्त आत्मपरक हेराइ हो । नमस्कारका उत्तरआधुनिक अर्थहरूलाई यसप्रकार हेर्न सकिन्छ —

१.शैक्षिक अर्थ— नमस्कार ! ! ! शब्द मात्र होइन वाक्य पनि हो । उद्देश्य र विधेय नभएको अथवा कर्ता, कर्म, क्रिया नभएको पदलाई कसरी वाक्य भनिन्छ ? भन्नुहोला, तर मजाले बनिन्छ; किनभने उद्देश्य र विधेय यसका गर्भमै छन् । कसैले नमस्कार भन्ने बित्तिकै नमस्कार थाप्ने व्यक्तिले स्वतः कुरा बुझ्छ । किन कर्ता, कर्म, क्रिया नलगाई नमस्कार गरिस् ? भनेर रिसाउँदनैन ।

नमस्कारको सामान्य शाब्दिक अर्थ अभिवादन हो र यसभन्दा बढी अरु पनि हो । तर स्थान, समय, परिस्थिति अनुसार यसका विविध अर्थ हुन सक्छन् । यसका कायिक, वाचिक र मानसिक अर्थहरू सामयिक र पारिस्थितिक हुन्छन् । नमस्कारको एउटा ढिकुटी विद्यालय हो । अर्थगत रूपमा प्राथमिक तह र निम्न माध्यमिक तहका विद्यार्थीहरूको नमस्कार अभिधात्मक हुन्छ भने माध्यमिक तहभन्दा माथि अभिधात्मक र व्यञ्जनात्मक दुवै हुन्छ, तर तुलनात्मक रूपमा व्यञ्जनात्मक अर्थ भएको नमस्कारको प्रयोग अत्यधिक मात्रामा भएको पाइन्छ । सबै विद्यार्थी चाहिँ होइन अधिकांश विद्यार्थीहरू र तिनका अभिभावकहरू परीक्षा सुरु हुनुभन्दा केही दिन अघिदेखि दिनमा जतिपल्ट भेट्यो त्यतिपल्ट लामो लेघ्रो तानेर न म स्का र् ‘‘सर ! भन्छन् । यो नमस्कार अलिक लद्दुलद्दु खालका विद्यार्थी र तिनका अभिभावकको मात्र हो । अब यहाँ नमस्कार को अर्थ अभिवादन नभएर विद्यार्थी पास गराइदिनू भन्ने हुन्छ । परीक्षा भएको केही दिनपछि नतिजा प्रकाशित हुन्छ, त्यसपछि पर्छ पढाउने शिक्षकलाई महाको फसाद । फेल हुने विद्यार्थी र तिनका अभिभावकहरूबाट पाएको नमस्कार शिक्षकले पचास प्रतिशत ब्याज लगाएर फिर्ता गर्नुपर्छ । अँझ फेल हुने कुन्डले, मुन्द्रे, झ्याम्ले, खोयाबिर्के आदिले साइकल कुदाएकै बेला नमस्कारꜛ भने भने त्यो झन् खतरा हो । यसको अर्थ खबरदार !!! अब तँ मास्टरहरूलाई खतरा छ भन्ने हुन्छ भने यही वर्गका छात्राहरूले गरेको नमस्कारको अर्थ अर्कै हुन्छ । उनीहरूको नमस्कारबाट मरीजा ! तेरो किरीया परोस् ! मास्टर भनाउँदा भुँडे मोरा !!! भन्ने अर्थ ध्वनित हुन्छ ।

यति मात्र कहाँ हो र, पास हुने विद्यार्थी र अभिभावक पनि नमस्कार गर्नुपर्छ भनेर अर्कापटि फर्केर हिड्छन् । कथं जम्काभेट भइहाल्यो भने पनि नमस्कार्ꜛ भन्छन् आरोही स्वरमा । आरोही स्वरमा नमस्कार गर्नुको अर्थ अँ हामी आफैं पास भएका होइनौ, यहाँ हजुरले चैं पास गराइदिएको होला ! भन्ने हुन्छ । सबै विद्यार्थीमा यही कुरा लागू हुन्छ भन्ने छैन । पास हुने होस् या फेल हुने कुनैकुनै विद्यार्थी त सारै ज्ञानी हुन्छन् । यस किसिममका विद्यार्थीको नमस्कारमा कुनै किसिमको पूर्वाग्रही अर्थ ध्वनित भएको पाइदैन ।

प्राथमिक र निम्नमाध्यमिक तहका विद्यार्थीहरूको नमस्कार निश्छल एवं स्वच्छ हुन्छ भन्ने कुरा माथि नै उल्लेख भइसकेको छ तापनि मेरो एउटा सानो पूर्वानुभवले सो निश्छलताको पुष्टि गर्ने छ । आजभन्दा ३८/३९वर्ष अघिको कुरा हो, त्यसबेला अहिलेको कनकाई उच्चमा वि, कनकाई निमा वि थियो । प्र अ म स्वय म थिएँ । सुरुङ्गा बजारमा २/४ घर मात्र थिए । बजार पश्चिम बाक्लो जङ्गल थियो । त्यसबेला सो जङ्गलले चर्पीको काम पनि गरेको थियो । कुनै एक बिहानको घटना हो सधैं झैँ म दिसा बस्न जङ्गल गएँ र अगाडि पानीको लोहोटा राखेर के बसेको मात्र थिएँ, नमस्कारको मसिनो आबाज आयो कानमा । त्यस्तो जङ्गलभित्र कसले, कहाँ, कसलाई नमस्कार गरेको आबाज आउँदैछ ! म छक्क परेँ । फोनको घण्टी बजेजस्तै गरी लगातार नमस्कारको आबाज आइरहेको थियो । आफनो दाहिनेतिर हेरेँ कोही थिएन, अगाडि हेरें कोही थिएन, देबे्रतिर हेरें कोही थिएन । ए बाबा कस्ले यसरी नमस्कार गर्दैछ भनेर यसो पछाडि मुन्टो फर्काएर हेरेको त सात कक्षामा पढ्ने आफ्नै विद्यार्थी मिल्ट्रीको सतर्क अवस्थामा उभिएर दुवै हात जोडेर मेरो दयनीय अवस्थालाई अभिवादन गर्दै रहेछ । मेरो सातोपुत्लो उड्यो । डरले होइन, अर्थोकै केले हो केले । दिसाले आफनो दिशा बदल्यो, फक्र्यो आफ्नै जन्मघरतिर । म त्यस निर्दोष विद्यार्थीको नमस्कार नफर्काइकन कुलेलम ठोकें । यो मेरो विवशता थियो । निकैबेरसम्म पनि त्यही ठाउँबाट नमस्कारको आबाज आइरहेको थियो तापनि नमस्कार फर्काउन नसकेकोमा पछुतो गर्नु बाहेक मसँग अरू कुनै विकल्प थिएन । त्यसको भोलिपल्ट म विद्यालय जान सकिन लाजले । बिदा लिएँ र सोही दिन जङ्गलमा खाडल खने, झिक्राले बारें र बेलुका ढुक्कले अघिल्लो दिनको बाँकी कामसमेत खप्टिएर एकैचोटि पुरा गरें । वास्तविक विद्यार्थीको नमस्कार कतिसम्म शक्तिशाली हुँदो रहेछ भन्ने कुरा यसबाट अनुमान गर्न सकिन्छ ।
२. राजनीतिक अर्थ— नेताले जनतालाई गर्ने नमस्कार र जनताले नेतालाई गर्ने नमस्कारमा पनि अर्थतात्विक भिन्नता रहेको हुन्छ । विशेष गरी भोट माग्ने नेताहरू भोट हुनुअघि प्रत्येक भोटदाताका घरघरमा नमस्कार भन्दै हिंड्छन् दसै औंला जोडेर । दस औंला जोडेर नमस्कार गर्ने पनि आआफ्नै किसिमका कला हुन्छन् । मेरा एकजना अभिन्न मित्र नमस्कारका ठाउँमा नारायन नारायन भन्नुहुन्छ सधैं । हामी त्यसको अर्थ बुझेर नमस्कार भन्छौं । उहालेँ नाइटालाई बीच पारेर दुई हात जोडे पनि त्यसको अर्थ नमस्कार नै हुन्छ; तर भोट माग्ने नेताले दस औंला जोडेर गरेको नमस्कार र मेरा मित्रले दस औंला जोडेर गरेको नमस्कारमा आकाश र पातालको फरक छ । निहुर्मुन्टी न भएर दुई हात निधारमाथि राखी नमस्कार ! ! ! भन्न थालेपछि नेता एकोहोरो हुँदा रहेछन् । यो दृश्य सारै हेर्न लायक हुन्छ । एकपटक एकजना निकै नाम चलेका नेताले भोट माग्ने क्रममा गौ मातासँग पिरती गाँस्तै गरेका शिववाहनलाई पनि एक नमस्कार ठोकेछन् । आफ्नो नाम मतदाता सूचीमा नभए पनि भोट माग्यो भनेर हो या अन्य कुनै कारणबाट हो शिववाहनले गौमातालाई यसो कोट्याएर आकाशतिर हेरी एक खित्का छोडेछन् । यस्तै छ नेताको नमस्कार गराइ ।

नेताले गरेको नमस्कारको वास्तविक अर्थ मतदातालाई त्यतिबेर थाहा नभए पनि माथि गएर मन्त्री भइसकेपछि थाहा हुन्छ । उनीहरू आफ्ना टाउकामा हात राखेर नेताले गरेको नमस्कारको यस किसिमको वर्णपरक भित्री अर्थ थाहा पाउँछन्—

न=नमस्कार ! ! !
म=मलाई भोट दिएर माथि पठाउनु भयो भने
स्= सत्ते, गाईको मुत खाने होला
का= काठमाडौंमा बसी लाखौको कार चढेर
र= राष्ट्रको ढिकुटी रित्याएर भए पनि तपईंहरूको चिल्लै सेवा गर्नेछु ।

उपर्युक्त अर्थका अतिरिक्त अरू पनि धेरै व्यञ्जनात्मक अर्थ हुन सक्छन् नेताजीका नमस्कारमा । भोट जितेर मन्त्री भएपछि हिउँदमा धुले पुल र बर्खामा हिले पुल बनाइदिने प्रतिज्ञालाई पनि नमस्कारकै अर्थमा लिन सकिन्छ ।

यी त भए भोट हुनुभन्दा अघि गरिएका नमस्कारका अर्थ । भोट जितेपछि र मन्त्री भएपछि नमस्कार गर्ने पालो आउँछ मतदाताको । बिचरा निरीह मतदाताले भित्री हृदयदेखि गरेको नमस्कार खोलाको गीत हुन्छ । मन्त्रीक्वाटर र मन्त्रालयभित्र नमस्कार छिर्न पाउँदैन भने कारभित्र नमस्कार सुनिदैन । नेता/मन्त्रीले जनताको नमस्कार फर्काइहाले भने पनि त्यस नम्मस्कारको अर्थ यस्तो हुन्छ—

न= नमस्कार गर्या होला
म= म, मेरो परिबार र मेरा चम्चेसमेत
म= मर्सिडिज कार, मन्त्री क्वाटर र
स्= सिंहदरबारभित्र बस्याबेला
का= कान पटक्कै सुन्दिन अनि
र= रतन्धो र दिनान्धो पनि भएको छु ।

नेताले गरेको नमस्कारमा वर्णाक्षरात्मक अर्थ मात्र नलागेर शब्दवाक्यात्मक अर्थ पनि लाग्न सक्छ विद्यार्थी र अभिभावकले गरेको नमस्कारमा जस्तै । कुनैकुनै नेता वा मन्त्रीले मात्र अभर पर्दा नमस्कार फर्काउँछन्; तर सो नमस्कारको उच्चारण उध्र्व अनुत्तानमा गरिएको हुन्छ । यस किसिमबाट गरिएको नमस्कार्र्ꜛको ध्वन्यार्थ हुन्छ हामीले भोट दिएर जिताएका थियौं, अब हाम्रो क्षेत्रलाई सहयोग गर्नुपर्योयो भनेर सहयोग माग्न आएका हौ भने जुन बाटो आएका थियौ खुरुक्क त्यही बाटो लाग । नत्र मेरो बडी गार्डले मुन्ट्याएर चारभन्ज्याङ कटाइदिन्छ, थाहा छ ? अब त सहयोगको कुरा शिव ! आफूलाई त पुग्या छैन !

कोमलप्रसाद पोखरेल
सुरुङ्गा, झापा

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 233
  • 1601 reads
Tweet facebook

राम्रो लाग्यो है ।

HomSuvedi — Sun, 09/29/2013 - 07:14

राम्रो लाग्यो है ।

  • reply

धन्यवाद, पढिदिनुभएकोमा

Komal Prasad Po... — Sun, 09/29/2013 - 21:16

धन्यवाद, पढिदिनुभएकोमा

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    4 days 12 hours ago
  • सानो आग्रह गरे है सर
    5 days 7 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 2 days ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 3 days ago
  • appreciate
    5 weeks 2 days ago
  • आभार
    5 weeks 3 days ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 6 days ago
  • आभार प्रकट गरे
    6 weeks 1 day ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 weeks 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विद्यार्थी हुँ म
  • प्रेमिलहरूको प्रेम दिवस
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • काली
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • महलकी रानी
  • देशभक्त हुँ म
  • नेपाल मेरो घर
  • शुभ दिन बिहानीको
  • सहकारी नारा (कविता)
  • गजल
  • आग्रह
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा

Last viewed:

  • दुई मुक्तक
  • आँखैमा मात लाग्ने, प्रिय रहर याद आयो
  • डाक्टर र म
  • के याे गरेकाे भन?
  • मै शहर मे घुमथौ (थारू भाषाको गजल)
  • उडान
  • न त लाज छ, न डर छ
  • मनावता नै धर्म हो भने धर्मको नाम्मा राजनिती बन्द गरौ
  • बुबाको सम्झनामा
  • रामेछापका गोष्ठीहरू
  • आफू रित्तिएर पनि
  • अक्षर
  • भन धरहरा
  • छैन कुनै विकल्प
  • तीन मुक्तक (मनको मझेरीमा)
  • जुत्ता लगाउने बचपनको त्यो रहर !!
  • अमानविय नाकाबन्दी हटाइहाल मोदीजी
  • कथा दादाको
  • रुपसी नजरमा तीर भो !
  • पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत आधारशिलाहरू
  • प्रविधिमा दशैं
  • अलग शैलीका अलग कविता
  • बाचा कसम् गरेपनि छोडिन्
  • रेखा कविता - ३ - अमूर्त रेखा : डायास्पोराको सिकारी र सिकार
  • गुरुको महिमा अपरम्पार
  • अदृश्यरूपमा आउने आक्रमणकारीलाई रोक्ने उपाय ः प्राणायाम
  • मेरी आमा, प्यारी आमा
  • बलभद्र पुजनोत्सव र कलवार जाति
  • उचाइ
  • आजभोलि हल्ला सुन्छु जीवनसाथी खोज्दै छौ रे
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित