Skip to content

पर्खदैछु यसपालीको चुनाब


पर्खदैछु यसपालीको चुनाब एक भोट बोकेर ।
असफल त्यो संबिधान सभाको चोट बोकेर ।

अब छान्नु पर्छ हामीले पुर्ण सक्षम सभासद,
कुनै भुल नगरी ती असक्षमहरूको खोट बोकेर ।

खबरदारी गर्नु पर्छ आफ्नो गाउँ बस्तीहरूमा,
कोही आउनेहुन कि मत किन्न नोट बोकेर ।

होसियार! ती पुरानै अनुहार आउँन सक्छन,
नयाँ संबिधान बनाउने नक्कली अठोट बोकेर ।

copyright © मोहन बिहानी
भक्तिपुर -सात सर्लाही
२०७०-०६- ११ गते शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *