Skip to content


तिमीहरू भन्छौ-
जिन्दगी आँसुको भेल हो,
भन्छौ- जिन्दगी कहाली लाग्दो जेल हो,
र भन्छौ- जिन्दगी मधुमासको खेल हो ।

अनि फेरि तिमीहरू नै भन्छौ
‘जिन्दगी’ बिक्री नभएको बासी सेल हो
तर जिन्दगीको अर्थ (परिभाषा) खुबै बुझेका
ए बाठा बुज्रुकहरू हो,
मेरो यस लाटो अनुमानमा त
जिन्दगीको अर्थ (परिभाषा)
तिमीहरूको लागि शायद
कागलाई पाकेको बेल हो ।

-नवरस साप्ताहिक
२०४४ मंसीर १७ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *