Skip to content


दशै त हुने खानेका लागि आउने रहेछ
दशैं त हुँदा खानेका लागि दशा पो रहेछ

काट र मार यो कस्तो थिति देवता पूजने
दशैं यो कस्तो वर्षेनी सधैं राक्षश बनिने

औकातभन्दा माथिमा गई ऋणले ठेलिने
यो कस्तो दशा, भनिन्छ तर दशैं हो रीतिको

पाकेका धान सिध्याई सबै मस्तीले रमिने
बाँकीका अरु एघार मास रोएर बाँचिने

दशैंको दशा मेटाऔं अब नफालौं समय
पाइका पाइ जुटाई धन जगेर्ना गरौं न

हे मेरा नाता, हे मेरा इष्ट नगरौं यो कर्म
भविष्य हेरी गरौं है जोहो नगरौं अबेर

२०७०—०६—१४
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
[email protected]

www.bijusubedibijay.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *