सुन्दर प्रकृतिको काखमा
उ रमाउदै थियो
कल कल बग्ने नदी हेर्दै
पवनले शुशेलेको आवाज सुन्दै
एउटा हातमा चिया
र अर्को हातमा कलम बोकेर
उ केवल रमाउदै थियो
प्रकृतिको काखमा
गर्दै थियो प्रशंशा
उही प्रकृतिको
भन्दै थियो उ
कती आनन्द छ
यो प्रकृतिमा रमाउन
अचानक एउटा विस्फोट भयो
उसको एकाग्रता भङ्ग भयो
यसो यता उता हेर्यो
उसको प्रकृती त सम्सान भएछ
उ रिसायो उहि प्रकृती सँग
र तथानाम गाली गर्यो
तर सोचेन किन उनि बिस्फोट भइन
अब सुक्क सुक्क प्रकृती रोइन
भन्न थलिन प्रकृतिले
गर गाली जती गर्नुछ
आखिर तिमी पनि मर्नुछ
एक दिन तिम्रो शरिर
आज मैले तिमीहरुलाई बोक्न सकिन
र म ढलेँ तिम्रै काखमा आएर
भोली तिमीले मलाई धान्न सक्नेछैनौ
र तिमी अन्तमा ढल्नेछौ मेरै काखमा आएर
तब म तिमीलाई गाली गर्नेछैन
जसरि तिमीले मलाई गर्यौ
बरु म हाँस्दै आफैँ जल्नेछु
तिमीलाई शान्ति दिलाउन ।