Skip to content

गणतान्त्रिक शुभकामना


इस्लाम, हिन्दू, इसइ सबको, चाड आफ्नै छ खास ।
भिन्दा भिन्दै फरक रितले, धर्म मान्ने समाज ।।
क्रिस्मस् भन्छन् बकरइद क्वै, न्यूदया भिन्तुना क्वै ।
यौटा अर्को अगिपिछ गरी, मान्दछन् पर्व आफ्नै ।।

नेपाली हौं सबजन उसै, जात पिच्छे छ चाड ।
बस्छन् साथै मिलिजुली सबै, धर्म मान्ने समाज ।।
जाती आफ्नै सबजन मिले, चाड आफैं मनाए ।
एकापस्मा नियमित सधैं, हर्षका गीत गाए ।।

बेला यैहो सब जन जुटौं, हिन्दू भन्छ दशैं पो ।
आयो दौडी पछिपछि अझै चाड अर्को तिहार्को ।।
आए कै हो दिन दिन गनी, चाड लोसार् अझै यो ।
सारा आफ्नै रितिरिवजको, चाडले नै भिजायो ।।

आयो अर्को छठ अनि सबै, हर्ष उर्ल्यो तराई ।
इस्लाम् भन्छन् बकरइद हो, धर्म आफ्नै चिनाई ।।
क्रिस्मस् डे को, चलन कतिले, मान्दछन् मुस्कुराई ।
नाचेका छन् कति कति यहाँ, जीतियामा रमाई ।।

घुम्दै आयो क्रमसँग अझै, पर्व अर्को उँधौली ।
रम्दै हेर्छौं मिलिजुलि सबै, चाडकै आज ताँती ।।
यै मौकाम शुभ शुभ सबै, कामनाले बधाई ।
दिन्छौं आजै सब किसिमका धर्मका चाडलाई ।।

छन्द :- मन्दाक्रान्ता
गण :- म भ न त त गु गु
इटहरी – ५, सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *