Skip to content

दशैं (नयाँ उत्साह उमङ्गमा)


नयाँ उत्साह उमङ्गमा, रमाइएको दशैं
तडकभडक मिश्रति हुदै, मनाइएको दशैं

हरपल हरक्षण ममता छावोस् परिवारमा
एक्लोपन महसुस नहुन, बनाइएको दशैं

देखासिकी प्रवृत्तिले लोभ पलाउँछ सबैमा
वाह हिनताबोध तुल्याउन, लगाइएको दशैं

चङ्गा र चन्द्रमाको लोभलाग्दो जुहारी
स्मृतिका हर पानाहरूमा, रंगाइएको दशैं

खुशीको लहर बोकेर आओस घरघरमा
नबनोस् कोही कसैलाई, हराइएको दशैं

Leave a Reply

Your email address will not be published. Required fields are marked *