Skip to content

केही गर्छु भन्ने एक सुर


केही गर्छु भन्ने एक सुर थियो ऊसँग
आँट भरोशा त भरपूर थियो ऊसँग

झुक्दैनथ्यो, लुक्दैनथ्यो, स्वाभिमानी थ्यो
त्यसैले हो आफ्नै दूर दुर थियो ऊसँग

आएन ऊ यसपाला नि बाध्यता के थ्यो?
सायद् हातमुख जोर्ने मजबुर थियो ऊसँग

धन दौलत ऐश आराम थिएन र पनि
सबैको वाह ! जी-हजुर थियो ऊसँग

मरेपछि गाड्न तीन हात जमिनमा त हो
धेरै नभए नि एक धुर थियो ऊसँग

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *