Skip to content

कोही भन्छन् ऊ हट्टाकट्टा जवान् हो


कोही भन्छन् ऊ हट्टाकट्टा जवान् हो
कोही भन्छन् ऊ गरिबको भगवान् हो

साँच्ची उसले नगरेको केही रहेनछ
यसर्थ ऊ दुई होइन सबैको वान् हो

देख्यौ माथि गाको केकेमा अल्झ्यो केकेमा
गणतन्त्र नलेखी मानिस ऊ महान् हो

लर्तरो छ सबै चिज आफ्नो होस् भन्छ
मरे पनि ऊ सात पुस्ता बोक्ने बहान् हो

रिस या खुशीले सबै उही मन पराउछन्
काम नगर्ने अल्छीको ऊ बडेमाको शान् हो

कसैले सुनाइ दियो “विवेक “लाई यो कुरा
कर्म गर्ने मान्छेको लागि श्रम नै बलवान् हो

अस्तु :

@विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *