Skip to content


गगनचुम्बी टाकुराबाट गंगाजल छरछर
राष्ट्रिय झण्डा चन्द्र र सूर्य शिखरमा फरफर ।
पर्वत राजा पगरी गुथी विश्वमा राज गर्छन्
नेपाल राज्य चम्किला हिमाल झलक्क झल्किन्छन् ।

चाँदनी छायाँ हिमाली माया राष्ट्रवाद स्वयंमा
मुसुक्क हाँसेर फैलाए ज्योति संसारका बीचमा ।
हजारौँ फूल मनमुग्ध पारी लौ हेर फुल्दैछन्
पार्दछ यही गोर्खाली सान प्रेमभाव स्वाभिमान ।।

राम्रो छ थिती नेपालीपनका मन्दिरको देशमा
नेपाल मुलुक नेपालै रहोस् हिमाली आँगनमा ।
लालची किन झन् बिघ्नबाधा सङ्कटको घडीमा
सेचन गरौँ गंगाजल अमृत बदलौँ शान्तिमा ।।

मिलन बिन्दु चिसोपन किन खोट कहीँ भयो कि
सवाल उठ्छ शान्तिको सन्देश बुद्धलाई बिस्र्यौ ।
सिद्धका वाणी आदर्श नेपाल चाहिन्छ हामीलाई
प्रेमले बाँचौँ ममता जगाऔँ आमाकै मायालाई ।।

-साउनेचौर, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *