Skip to content


एक कविले
जब अर्को कविलाई भेट्छन्
अनि सुरु हुन्छ कविताकै कुरा ।

के सम्भव छैन र संसारमा
कवि र कविताका निम्ति
रवि नपुगेको ठाउँमा
कवि पुग्न सक्छन् ।

हो, हामीले स्वीकार्नैपर्छ
ए कवि साथी
कविता नै हाम्रो
प्रथम प्रथम चिनारी थियो
यसले नै जगाइदियो
हामीबीचमा अक्षरप्रेम
अनि, शब्दहरूको डोरीले कसेर
यति नजिक बनाइदियो ।

त्यसैले
यो मेलमिलापको उत्सव
काव्यिक ढंगले मनाऔँ
किनभने,
कविता छ त कविरहन्छौँ
कवि छौँ त कविता रहन्छ ।

ए कवि !
हर्षविभोर भएर
उमंगले ओतप्रोत बनाँै हामी
अनि,
कविताको भव्य महफिल जमाऔँ ।

नेपाल साप्ताहिक
अंक: ५६५
२०७० आश्विन १३
Sep 29, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *