Skip to content


सक्छौ भने सामुन्नेमा आई रोप भाला
जथाभावी बोली हिँड्नु होइन राम्रो चाला

बगलीमा छुरा बोकी राम जप्ने बानी
मलाई भन्दा बढ्ता त्यस्ले तिम्रै गर्छ हानी
सक्छौ भने सामुन्नेमा आई घोच छुरा
जथाभावी नगरेकै राम्रो हुन्छ कुरा

बाहिर एउटा रुप तिम्रो भित्र अर्कै देखेँ
बिश्वाशघात भए पछि मात्र यति लेखेँ
सक्छौ भने एकेफोर्टी सेवेन लिई आउ
जथाभावी तुकबिनाको कुरा नचलाउ

देवीचरण भण्डारी ‘सरोज’

Leave a Reply

Your email address will not be published. Required fields are marked *