Skip to content

गीत

आमा रुदा आँसु पुछ्न नसक्ने म छोरो
आमा दुख्दा आँफु दुख्न नसक्ने म छोरो
व्यर्थै जन्म दियौ जस्तो लाग्न थाल्यो आमा
धिकार्दै छु आँफैलाई हिजो-आज आमा

दशधारा दुध खाको कति चाडो भुलें
आफ्नै तुच्छ स्वार्थ बोकी त्यसै भित्र भुलें
पश्चतापको डढेलोमा जल्दै छु म आमा
धिकार्दै छु आँफैलाई हिजो आज आमा

दिनुसम्म दिएँ दुख पाषण थियो छाती
पलाएन कत्ति पनि दया तिमी माथि
धेरै रोयौ रोइराछौ झार्दै आँशु आमा
धिकार्दै छु आफैलाई हिजोआज आमा

हिजो जे भो गल्ति भयो दुखी छु म आमा
कसम खाइ आजै देखी गर्छु धेरै माया
दिने छैन दुख अब देउ शितल छाया
जीवनभरी मर्छु बाँच्छु तिम्रै लागि आमा

देविचरण भण्डारी “सरोज”

Leave a Reply

Your email address will not be published. Required fields are marked *