Skip to content

तिम्रो सम्झनामा

रातको बतासमा सुबास एक अल्झियो
तिम्रो सम्झना कतै गएर भित्र बल्झियो ।
रातको बतासमा……..
कसोकसो कता कता उनै उनै कुराहरु
बिथोल्न थाल्दछन् सधैं फिरेर सम्झनाहरु
परेलीबाट आँसुको मुहान नै छचल्कियो
तिम्रो सम्झना कतै गएर भित्र बल्झियो ।
रातको बतासमा……..
समालूँ कि समालूँ कि कहाँ समाली सक्नु छ,
भुलाऊँ कि भुलाऊँ कि कहाँ भुलाइसक्नु छ,
बेहोसको र होसको तरङ्ग क्यै त सुल्झियो
तिम्रो सम्झना जसै गएर भित्र बल्झियो ।
रातको बतासमा……..
भद्रपुर,

Leave a Reply

Your email address will not be published. Required fields are marked *