Skip to content

असल जन चुनेमा


असल जन चुनेमा, बन्छ नेपाल हाम्रो
सकल मन मिलेमा, बन्छ नेपाल हाम्रो

अब त शरम होला, सम्बिधानै नबन्दा
लगनसित गरेमा, बन्छ नेपाल हाम्रो

धुरु धुरु मन रोयो, ब्यर्थ भो वर्ष चारै
अदब हुन सकेमा, बन्छ नेपाल हाम्रो

कलह अति भएरै, ठप्प भो काम सारा
असहमति हटेमा बन्छ नेपाल हाम्रो

अलमल नगरे नै, मिल्छ गन्तव्य चाँडै
पयर अघि बढेमा, बन्छ नेपाल हाम्रो

छल कपट हुनाले, छैन क्यै शुद्ध भाव
कुमति जति हिंडेमा, बन्छ नेपाल हाम्रो

(मालिनी छन्द)

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *