Skip to content


होसियार नेताहरू !

पुरानै सोच – पुरानै विचार
अनि त्यही पुरानै अनुहार लिएर
आउँदैछन् त्यही थोत्रो आश्वासनको पोको बोकेर
नेता भनाउँदा ती नरपिचासहरू
फेरि चुस्न जनताको रगत
आउँदैछन् लुट्न हाम्रो पसिनाको कमाई

संबिधान लेख्ने नाममा हिजो
अरबौं अरब कुम्ल्याएर
लाज सरम सबै पचाएर
संबिधान लेख्न नसकेको दोष
चोर औंलाले अरु तर्फ तेर्साएर
गंगा जलको पानी छर्केर
चोखिन खाज्दैछन् चोरहरू

चोरको चोर्ने नै दाऊ भनेझै
फेरि घुम्दैछन् गाउँ शहर
चोर्ने लाइसेन्स नविकरण गर्न
आउँदैछन् घर आँगन भोट माग्न
नेता नामका ती चोरहरू

होसियार जनताहरू
नफसौं कोही कहीँ पनि
माँकुराका जस्ता तीनका जालमा
जो फस्छ, ऊ मुस्किलले बाँच्छ
नलोभियौं कोही पनि
तिनका मह जस्ता गुलिया बातमा
नपिलाऔं सर्पलाई दुध
त्यसले मौका पाउँदा तपाईलाई नै डस्छ
पालेको कुकुरले आफैलाई टोक्छ

तिनले जनता र देशका लागि
न हिजो केही गरे न त आज
जे गरे आफ्नै स्वार्थका लागि
आफ्नो भुँडी फुलाउनको लागि
पजेरो गाडी गुडाउनका लागि

त्यसैले खबरदार जनताहरू
चोरलाई घरको साँचो सुम्पिएर
घर सुरक्षित हुदैन
त्यसैले, आफ्नो मताधिकार
सही ठाँऊमा प्रयोग गरौं
आफ्नो अमूल्य भोट
चोर नेताहरूलाई नदिऔं ।

सर्बाधिकार
जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *