Skip to content

तिमी बिनाको रात


छट्पटी पीडा अनि तिमीसँग हुने चाहाना
ढुकढुकी लामो स्वास अनि मनभरि सन्त्रास
एक्लो रात अन्धकार अनि तिमीलाई हेर्ने रहरहरू
खहरे खोलाले बगाएका अनन्त सपनाहरू

स्पन्दनमा तिमीलाई अंगालेका कल्पनाले
तिमीसँगै बिताएका पलहरूको सपनाले
ऐठन हुन्छ बेलाबेला घाटी आई थिचे जस्तो
पीडा हुन्छ मुटुभरि रगतले लिपेजस्तो

तिमी टाढा अति टाढा मन भित्र रहे पनि
नियति कस्तो हो हाम्रो चाहाना नै भए पनि
बाटो हेर्छु फर्की आउने जिन्दगीमा सधैभरि
यसै गरी कटी रैछ रात मेरो सधैभरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *