Skip to content

तिम्रो कोमल ह्दयमा मलाई बस्न देउ


तिम्रो कोमल हृदयमा मलाई बस्न देऊ
त्यो मृगनयनी आँखाको गाजल बन्न देऊ
तिम्रो ओठको मुस्कानमा मलाई छाउन देऊ
तिम्रै लक्ष्यको बाटोमा एकै साथ हिडन देऊ

तिम्रो मनको कुनामा म बसिहरनेछु
तिम्रा अधरहरूसँग एकलो पनमा खेलिरहनेछु
तिमी मलाई सताइरहदा म फकाइरहेनछु
तिमी मलाई रिससँगै माया दिदा म पिइरहनेछु

तिम्रो सौन्दर्यको साहित्य म लेखिरहनेछु
तिम्रो शब्दको बाणीमा रमिरहनेछु
बेला बेलामा तिम्रो काखमा ढल्किरहनेछु
तिम्रो साथसँगै स्वर्गीय आन्नद पाइरहनेछु

हो प्रिय मलाई तिम्रो प्रेमको सागरमा डुब्न देऊ
त्यही सागर भित्र यो जुनीलाई रम्न देऊ
सुख दुख जे भए पनि तिमीसँगै बाँड्न देऊ
तिम्रो कोमल हृदयमा मलाई पनि बस्न देऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *