Skip to content


साँघुरो सोचले
मेरो महत्व बुझ्न सक्दैन,
हो ; यो त सत्य हो
गरीब मनले
मेरो मूल्य चिन्न सक्दैन,
हर कोहीसँग
मलाई सम्हाल्ने

मेरो सुरक्षा गर्न सक्ने
ज्ञान, समझ र निपूणता हुनै सक्दैन
किनकि म
मोती हुँ ;
मोती !

सजना गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *