Skip to content


भो सोध्दै नसोध अब मलाई
मान्छे मान्छेबिचको परिभाषाहरू
किनकि म आजकल
अलि अलि मातिएको छु
नपिउभन्दा भन्दै पिउने भएको छु
तिम्रा सवालका जवाफ
छैन मसँग
हो साँच्चै म लज्जित छु

थाहै होला तिमीलाई बहानामा टारिन्छन
केही कुरा गर्न खोजे हेपाईमा भाउ कस्छन
राम्रा कुरा गरे बकवासमा उडाउछन

बरू सक्छौ भने सोध
निसंकोच भएर
सत्ताको आडमा नाँच खेल गर्ने सत्ताधारीलाई

यो देश कति रोएको होला
लाखौं लाख
आमा र सनतानका
ईच्छा आकाँक्षा कति लुटिए होलान

अँझ लाज सरम छदै छैन
बर्षौ देखी चलेको चुनावी चर्चा
घर घरका दैलो टेकी
झुटा सपना र आस्वासन दिन्दा

यी हल्लै हल्लामा बाँचेका
भोगीहरूलाई
यी प्यासै प्यासमा नाँचेका
रोगीहरूलाई
सच्चाई र सत्यताको
बाटोमा हिडन नजान्ने
अधर्मीहरूलाई
थुक्न मन लाग्छ मलाई म बाँचिरहुन्जेलसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *