Skip to content

गजल (देउसिरे गाउँन आउँदैछु तिम्रो घरमा)


देउसिरे गाउन आउँदैछु तिम्रो घरमा
म माया लाउन आउँदैछु तिम्रो घरमा

नाच्दै, गाउदै खुशी बाड्दै तिहारको
विश्वास कमाउन आउँदैछु तिम्रो घरमा

उज्यालो त्यो आगनीमा छेकरी हाल्दै
मादल बजाउन आउँदैछु तिम्रो घरमा

लजाउदै पोहोरसाल निम्तो दे’की थियौ
अब हात समाउन आउँदैछु तिम्रो घरमा

चाहनालाई ढाक्दै आनाकानी गर्दैछौ
प्रेमीहक जमाउन आउँदैछु तिम्रो घरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *