बिरानो लाग्छ गोरेटो किन आफैले हिडेको ?
पुरानो ठान्छौ मायालाई किन आफैले लाएको ?
झुठो कसम ईश्वरलाई साची किन पो खाएको ?
पराई ठानी जाने त्यो मन किन पो समझि आएको ?
तिमी बिना बच्न सक्ने छ म भित्र साहस
माया पनि फोहरी हुन्छ नरहे सुभास
सुभास राख्न हुनै पर्छ मनमा विश्वास
अनिरहन्छ हृदयमा माया रहुन्जेल प्राण स्वास
दुई कौडीमा हुदैन किन र वेच मायो भन्ने जात
साचो माया जुनी जुनिरहन्छ एक साथ
निस्वर्थको अाँगन भित्र फुल्दैन विश्वासघात
प्रेम अमर रहन्छ सदैव रहे दिन रात
फालिन्छ स्वार्थी छानिएर विश्वासको ऐनामा
कठिन हिडन प्रेमको वाटो प्रकृतिक नियममा
हासने खेल्ने मात्र होइन प्रेमको चिनारी
स्वच्छ सास स्वच्छ भाव बिना बन्छौ भिखारी
प्रेमको रसले डुबाई दिन्छ जीवन जगतलाई
बिना प्रेम छुटयाई दिन्छ पानी र रगतलाई
माटो प्रकाश बिचको प्रेम कस्ले पो देख्दछ
जल र पवन बिचको सम्बन्ध कस्ले पो खोज्दछ
खोज्नलेलाई प्रेम सागर बन्छ नखोज्नेलाई खुर्पाको वेट
साचो प्रेम चिन्न सके हुनेछ ईश्वर भेट
विश्वासको आंगन भएर प्रेम फुल्दछ सृजना
बिर्सन्छ प्रेम रहदैन कोही आफू र आफ्ना