Skip to content

शराव बिशेष गजल – पिएपछि आउनथाल्यो


पिएपछि आउनथाल्यो जोस एकाएक
अनि मलाई बनायो मद्होस एकाएक

प्रेम पनि त्यस्तो हुन्न जस्तो यसको मात
बनाउँछ कैलेकाहीँ खामोस एकाएक

कस्तो हुन्छ एकदुई प्याला पिएर हेर
तरल पनि लाग्न थाल्छ ठोस एकाएक

पाईला आफै चल्नथाल्छ भट्टीतिर मेरो
कसैले डकोस कि नडाकोस एकाएक

रचना मिति-२०७०-०७-१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *