Skip to content

तिहार म कसरी मनाउन सक्छु


आज तिहार अरे
दिपावली अरे
लक्ष्मी पूजा अरे
देउसी भैलो अरे

तिमी समुद्रपारि
म समुद्रवारि
दिपावलीसँगै गरौं
देउसी भैलोसँगै खेलौं
रहरहरू रहरमा सीमित राख्दै
अँध्यारो मन लिएर
म दिप कसरी प्रज्ज्वलन गर्न सक्छु
मन भरी आशुका भक्कानो लिएर
देउसी भैलो कसरी भट्याउन सक्छु
मन भरि वेदना र छट्पटी बोकेर
पटका बारुद कसरी पड्काउन सक्छु

आशुका धाराहरू बगाउदै तिमीलाई सम्झदै गर्दा
तिमी भएकी भए यसो गर्थे उसो गर्थे कल्पदै गर्दा
धड्कनका रफ्तारहरू डौडन थाल्छन्
मानौ तिमी भएको ठाउमा पुग्नु छ उसलाई
तिमीलाई अंगाल्नु छ उसलाई
अनि तिमीलाई न्यानो अंकमाल सहित
शुभकामना बर्षाउनु छ उसलाई

कल्पनामा कल्पिएका कुराहरू
सपनामा देखिएका कुराहरू
आँखा खोल्ने वित्तिकै
लाजले खुच्मुचिएको लज्जावती फूल झै
खुच्मुचिएका भावनाहरूसँग दिपावली म कसरी मनाउन सक्छु
मेरो मनको देवी मेरो तनको देवी मेरो वचनको देवी तिमी
तिमीबिनाको तिहार म कसरी मनाउन सक्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *