Skip to content

नरिसाउनु कसैमा ठोक्किएँ भने


उठाउन तिमीलाई गहारो होला
म जबर्जस्ती भुइँमा पोख्खिएँ भने,
हुलमुलम हिँड्दा ठेस लाग्ला
नरिसाउनु कसैमा ठोक्किएँ भने ।

एक ठाउँमा बसेका भाँडा त जुध्छन्
तिमी त मेरी जीवन सङ्गिनी,
दिक्क कत्ति नमान्नु तिमीले
कहिले-काहिँ म झोक्किएँ भने
हुलमुलम हिँड्दा ठेस लाग्ला
नरिसाउनु कसैमा ठोक्किएँ भने ।

जीवनको अन्त्य सम्मको यात्रा
तिम्रो साथमा तय गरेकोछु,
गन्तव्यसम्म डोराउनु मलाई
हिँड्दा-हिँड्दै म रोक्किएँ भने ।

‘फेरि’ उठाउन तिमीलाई गहारो होला
म जबर्जस्ती भुइँमा पोख्खिएँ भने,
हुलमुलम हिँड्दा ठेस लाग्ला
नरिसाउनु कसैमा ठोक्किएँ भने ।

पुस्कल पौडेल(—प्रतिक)

1 thought on “नरिसाउनु कसैमा ठोक्किएँ भने”

Leave a Reply

Your email address will not be published. Required fields are marked *