Skip to content

मेरी जीवन संगिनी


मेरी प्यारी प्रियसी मेरी जीवन संगिनी
तिमी नै रङ्ग जीवनको मेरो जिन्दगी रङ्गिने ।
तिमीनै सहारा मेरी तिमीनै मेरो जिन्दगी
तिमीनै आधार मेरो अब जिन्दगी जिउने ।।

तिमी विनाको संसार उजाड वन जस्तो छ
तिमी विनाको जिन्दगी विना स्वास तन जस्तो छ
हरियाली तिमी मेरी तिमी फूल मेरो बारीको
तिमीनै मेरी जीवन सबै रुप तिमी नारीको

तिमीनै मेरी प्राण प्यारी तिमी नै मृग नयनी
तिमीनै त्रिशुल धारी तिमी नै हंस वाहिनी
तिमी विनाको जिन्दगी कसरी वर्णन गरौ
इच्छा हासी हासी कनै तिम्रै शरणमा परौं

मझेरीमा पहिलोपटक प्रकाशित मिति – 2013-11-04 15:32:59 +0100

Leave a Reply

Your email address will not be published. Required fields are marked *