Skip to content

भाइटीका गजल


दाजुभाइलाई भाइटीकामा, सघाइदिन नभुल्नु है
सुख समृद्धिको कामना गर्दै, जगाइदिन नभुल्नु है

नओइलाउने मखमली, सयपत्री फूलको माला
निधारभरि सप्तरङी टीका, लगाइदिन नभुल्नु है

दिदीबहिनीले कामना गर्दै, दाजुभाइको निम्ति
तिहारको बेला लामो आयु, मगाइदिन नभुल्नु है

स्नेह दिदीभाइको साटासाट गर्ने, तिहारको बेला
नया मित्रहरू बनाउदै सत्रुहरू, भगाइदिन नभुल्नु है

सुभकामना छ, सबै दिदी बहिनी दाजु भाइलाई
हरप्रहर सधै खुसीको लहर, बगाइदिन नभुल्नु है

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *