Skip to content

आखिर हामी एउटै फुलबारीका फूल हौं (पाँच मुक्तक)


-१-
आखिर हामी एउटै फुलबारीका फूल हौं
आमाबाउका सुख र आनन्दका भूल हौं
कामी दमाई राई लिम्बू बाहुन छेत्री जे भए नि
विर नेपाली जातिका शानमान कूल हौं

-२-
गहिरिएर सोच भाइ ज्ञान चक्षु खुल्दछ
ओईलेर झर्ने फूल सुवास बोकि फुल्दछ
ज्ञान विवेकले उर्वर मन असल सोच्छ
जो छ अज्ञानि उही धेरै खराबमा भुल्दछ

-३-
मर्नका लागि बाँच्नुपर्छ यहाँ
बाँच्नका लागि हाँस्नुपर्छ यहाँ
हाँस्न यो निस्सार जिन्दगीसँग
नाता सम्वन्ध गाँस्नुपर्छ यहाँ

-४-
अज्ञानता अत्यन्तै चञ्चल र चुलबुल हुन्छ
कालन्तरमा चञ्चलता छाती घोच्ने शूल हुन्छ
आफ्नो धर्म छोडेर अरुको धर्ममा बरालिनु
नेपाली जातिका लागि ठूलो दुर्भाग्य र भुल हुन्छ

५-
ज्ञान-बुद्धी भए को पो फूल छोडेर काँडा चुन्थ्यो?
अज्ञानि अरुले दिएको उपदेश केको सुन्थ्यो
गल्ती नदोहोर्याउनु विवेकशिल मान्छेलेभन्दा
ऊ बाम्बार गल्ती दोहोर्याउदै तामातुलसी छुन्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *