पिरतीको पथ
प्यास मेट्नुमात्र हैन पिरतीको पथ
नरनारी सहयात्री बोकेका छन् रथ
संसारमा सौहाद्र्रता सृष्टिकर्म थाम्न
सबै मिल्नुपर्छ भन्छु भित्रैबाट म त
जवानी
जवानीको जोश जाग्दा बस्नु पर्छ होसमा
विवेकहीन भै हिड्दा खस्नु पर्छ तोषमा
आँखाचिम्ली नदकुरौ ठेस लाग्न सक्छ
उपचार गर्नुपर्दां घाटा लाग्छ कोषमा
विकृति
सत्ता प्राप्ति गर्नलाई नाना थरी गरे
स्वार्थ पूर्ति गराउँदा हजारौं नै मरे
आफू बने मालामाल राज्यकोष घट्यो
नाङ्गो नाच देखाउँदै विकृतिमा झरे.
सिसाभन्दा कच्चा
सिसाभन्दा कच्चा हुन्छ यो दिलको मासु
चिरिदा दर्द हुन्छ झर्न थाल्छ आँसु
फुटेकालाई रसाउने गुँद पाइदैन
छताछुल्ल परेपछि दङ्ग पर्छन् बासु
अपनत्व
फुटेको माटाको गाग्रो कसैगरी जोडिदैन
वैरभाव भए पनि अपनत्व तोडिदैन
मान्छे भए पछि मर्मपर्दा धर्म छोड्न हुन्न
भावहीन व्यक्ति हेर कसैगरी मोडिदैन
विकृति
सङ्कालु त्यो भावनाले जब मान्छे पीडित हुन्छ
चारेतिर शंकेबृत्ति अविश्वासले मार्ग छुन्छ
सेतो पनि कालो देख्छ कालो पनि कालै देख्छ
सत्यतथ्य कहाँ देख्नु विकृति जलले आँखा धुन्छ
जीवना
जीवनको भ्रमणमा धेरै पागल प्रेमी देखें
अमरत्व प्रेम खोज्दै आज मैले मुक्तक लेखे
नासवान संसारमा कहाँ अमरत्व पाउनु
तव पनि दिगो खोज्दै भावनाको पोको फेके
झर्ना
प्रेमी झर्ना झर्दा झर्दै सललल बग्न सक्छ
मैला सैला जेजे भेट्छ सबैलाई लग्न सक्छ
दिल सिँच्दा भाव मिल्दा निर्मलता चाहिन्छ नै
धोकेवाज प्रेमी भए प्रेमिकालाई ठग्न सक्छ
जालो
प्रेमको त्यो भासी भित्र नराम्ररी खसिसकेउ
विश्वासघाती जालो भित्र नराम्ररी फसिसक्यौ
मुक्तिप्राप्त बाटो खोज्न अब साह्रै गाह्रो पर्छ
उद्धार कर्ता सेवा दाता सबैलाई डसिसक्यौ
विवाह
भन्छन्, झटपट गरी विवाह ग्र्दा पछि पर्छ पछुताउनु
भन्छन् सबै, दीगो बिचार गरेर नै माया प्रीति छ लाउनु
भन्छन् प्रेम गर्दा चाहिन्छ नै समभाव समकर्म आदि सम
तत्त्ववोध गरीहीन प्रेमगर्दा जोकोहीले धोका नै हो पाउनु
सदानन्द अभागी
शान्तिचोक कावासोती-१, नवलपरासी