• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

'एजुकेसन कि स्कूलिङ' बहसमा सहभागी मत - मिश्रित प्रणालीको पक्षमा

editor — Sun, 11/10/2013 - 17:20

  • शैक्षिक समीक्षा
  • लक्ष्मी रिजाल

(क) आरम्भ

मानवको अन्तर्हृदयमा ज्ञान छोपिएर रहेको हुन्छ । त्यसलाई बाहिरी दुनियाँको सूचनाले मात्र उघार्न सकिन्न । विनाचिन्तन(मनन शैक्षिक जगत्मा परिवर्तन सम्भव छैन । अँध्यारो ठाउँबाट उज्यालो ठाउँमा एक्कासी पुग्दा आँखा तिरमिराउँछन् । असमञ्जस्यताको अवस्था सिर्जना हुन्छ । एउटा कडा द्वन्द्वको अवस्था सिर्जना हुन्छ । त्यस उज्यालोलाई आफूभित्रको उज्यालोले हराउन सकियो भने मात्र आँखा खोल्न सकिन्छ । नत्र बन्दको बन्दै राख्नुको विकल्प हुन्न । सिकाइको संसार पनि त्यस्तै हुन्छ । अरूको उज्यालोले आफूभित्रको उज्यालोलाई पराजय गरिउन्जेल सिकाइ ठप्प हुन्छ । आफूभित्र ज्ञानको दीप बाल्न सकियो भने मात्र सिकाइ गन्तव्य उन्मुख हुन्छ । हालसम्म प्रचलित शैक्षिक मूल्य र मान्यता, नीति र नियम अनि शैक्षणिक परिपाटीले सिकारूभित्रको उज्यालोलाई चिनेको छैन, जानेको छैन । शिक्षकहरू पनि त्यही आधारभूमिमा पाइलो टेकेर सिकारूको ऊर्जावान् अवस्था धुमिल पार्न र सन्त्रास फिँजाउन मात्र सिपालु नाट्य अभिनेता/अभिनेतृ सावित भएका छन् । आजको शिक्षा सिकारूलाई बुद्धिमान् बनाउन हैन जडबुद्धिवाल बनाउन तत्पर र समर्थवान सावित भएको छ । यस किसिमको परिस्थिति कसरी सिर्जना किन भएको हो भनी कारण जान्न र बुझ्न खोज्दा जड स्कूलिङ प्रणालीमा गएर रोकिनुपर्छ । सम्पूर्ण शैक्षिक बेथिति स्कूलिङ जडतामा अल्झेको छ ।

(ख) के हो स्कूलिङ र एजुकेसन ?

अनौपचारिक तवरले औपचारिक/अनौपचारिक ज्ञान लिने प्रणाली एजुकेसन हो भने अनौपचारिक तवरले जानकारी लिने प्रणाली स्कूलिङ हो । यी दुबै प्रणाली सिकारुका निम्ति उत्तिकै आवश्यक छन् । सिकाइको सुरुआतमा स्कूलिङले मद्दत पुर्याउँछ भने उमर बढ्दै जाँदा, शारीरिक र मानसिक विकास हुँदै जाँदा एजुकेसनले स्थान भेट्दै जान्छ । ‘क ख ग..., अ आ इ..., ब् द्य ऋ म्..., १ २ ३ ४..’ सिकाउनु र घोकाउनु स्कूलिङअन्र्तगत पर्छ भने तिनकै जगमा ‘क का कि की..., ऋब्त्..., दुनाई’ आदि सिक्न सिकारु स्वयम् तत्पर हुनु र सोधखोज गर्न थाल्नु एजुकेसनको लक्षण हो ।

(ग) तत्वहरू

एजुकेसन-सिकाइको क्षेत्र असीमित हुनु, सिकारु स्वयम् सिकाइ यात्रामा सरिक रहनु, ज्ञान शिक्षक र पुस्तकमा मात्र सीमित नरहेको ठानिनु आदि ।

स्कूलिङ-सिकाइको क्षेत्र सीमित हुनु, सिकारु सिकाइका लागि शिक्षक र पुस्तकमा निर्भर रहनु, ज्ञान शिक्षक र पुस्तकमा नै सीमित रहेको ठानिनु आदि ।

(घ) श्रेष्ठ अवधारणा तथा सुधारका निर्णायक सवालहरू

जड सोच जहिल्यै पनि घातक हुन्छ । एजुकेसनको उदारपन र स्कूलिङको सङ्कीर्णपन दुबै सिकारुका निम्ति घातक सिद्ध हुने भएकाले निम्न लिखित अवधारणा अपनाएर शिक्षा लिने र दिने मिश्रित व्यवस्था हुनु जरुरी हुन्छ -

(१) धनोपार्जनमुखी हैन आत्मीय सुखका लागि शिक्षा हुनुपर्छ-शिक्षाले व्यक्तिमा सीपको विकास गराउनुपर्छ । अहङ्कारको दमन गर्नुपर्छ । सफल र सुखी प्राणी भएको बोध गराउनुपर्छ । आत्मविश्वासी र आत्मसाहसी पार्नुपर्छ । समग्रमा शिक्षाले व्यक्तिलाई आत्मीक सुख दिनुपर्छ । आजको शिक्षामा यस किसिमको गुण छैन । आजको शिक्षाले धन कमाउन आकर्षित गर्छ । धन आर्जन गरेर सुख मिल्छ, जीवन धन्य बन्छ, लोकमर्यादा उच्च रहन्छ भने सन्देश सम्प्रेषण गर्छ । धन कसरी कमाउने त्यसको उपाय सिकाउँदैन, धन कमाउने सीप दिँदैन तर धन कमाउनु नै अन्तिम अभिष्ट हुनुपर्ने एकोहोरो बोध मात्र गराउँछ । त्यसैले शिक्षित मान्छे नै नैतिक भ्रष्ट छन् । बरू तुलनात्मकरूपमा अशिक्षित मान्छेहरू नै समाजमा नैतिकवान् भएर देखिएका छन् ।

(२) शिक्षा अहङ्कार जन्माउने हैन प्रेम, सहानुभूति र आत्मीयता आर्जन हुने हुनुपर्छ-शिक्षित व्यक्ति ज्ञानी, दयालु र स्नेहालु बन्नुपर्नेमा कतिपयले चाहिँ उल्टै आफूलाई विज्ञ ठान्छन् । आफूलाई गौरवशाली महापुरूष सम्झन्छन् र अरूलाई सामान्य हैसियतका समाजका सदस्य मात्र ठान्दछन् । आजका शिक्षित मान्छे नै झगडालु र षडयन्त्रकारी हुनु यस कुराको पुष्टि हो । आजको शिक्षाले व्यक्तिको मनमा उम्रेको प्रेम, सहानुभूति र स्नेहको बिरूवालाई मलजल दिन र पाउन वञ्चित गरेको छ । फलस्वरूप व्यक्ति अहङ्कारी भएको छ । त्यसैले मान्छे मान्छेबाट त्रस्त छ, बेचैन छ ।

(३) प्रतिस्पर्धामा आधारित निरस हैन होससहितको जोसिलो हुने शिक्षा हुनुपर्छ-कसैको शैक्षिक अनुभव र क्षमतालाई अर्कासँग दाज्नु उपयुक्त हुँदैन । धर्तीमा आएका हरेक प्राणीसँग आ(आफ्नै खालका नैसर्गिक गुणहरू विद्यमान हुन्छन् । ती गुणलाई पन्छाएर अर्कालाई उछिन्न तैँले यसै गर्नैपर्छ भनेर बाध्य बनाउँदा बालबालिकाको मनमा अरूलाई उछिन्नु र जित्नु नै शिक्षा रहेछ भने गलत विचार पैदा हुन्छ । यसबाट उनीहरूको जीवन भ्रमपूर्ण बन्दछ । अर्कातिर अर्कालाई जित्नकै लागि आफ्नो सामथ्र्यले काम गर्न नसकेपछि चिट चोर्ने काम हुन्छ । यस्तो चोरी गर्ने प्रथा एक किसिमको महारोग भएको छ । यसको मूल जरो पहिल्याउँदै जाने हो भने प्रतिस्पर्धात्मक शैक्षिक परिपाटीसम्म पुगेर टक्क अडिनुपर्दछ । अत: आपूmमा अन्तर्निहित कलुषित भावनालाई अतिक्रमण गरी निर्मूल पार्न सिकाइ सक्षम हुनुपर्छ, प्रतिस्पर्धाको पछि लाग्ने खालको बन्दै हुनुहुन्न ।

(४) वृतकारीय शिक्षा हैन अग्रगामी मार्गनिर्देश शिक्षा हुनुपर्छ :- आजको शिक्षा वृतकारीय छ । जति पढे पनि, जति बढे पनि सिकाइको वृत वरपर नै घुमिरहेका हुन्छौं । सिकाइका सोपानहरू उक्लेर उध्र्वगामी पथ पक्रनु पर्नेमा एउटा चक्रमा फनफनी घुम्नु पर्नाका कारण के हो भने हामी आफ्नाअनुसार शिक्षा दिँदै छौँ । सिकारूको रूचि, आकाङ्क्षा र समयको माग बमोजिम शिक्षा दिन विल्कुलै पछि छौँ । जहिलेसम्म हामी एउटै वृत्तमा फन्को लगाइरहन्छौं, तहिलेसम्म हामीमा नवीन सोचको विकास हुँदैन । शिक्षाले सिकारूमा प्रज्ञाको ज्योति बाल्नुपर्छ । त्यो नभई जुन दीप बालिएको थियो, त्यसको प्रकाशमा तेज भर्ने काम मात्र अघिल्ला कक्षाहरूले गर्ने गरेका छन् । विषयवस्तुलाई निश्चित कोणबाट मात्र हेर्ने कार्य गर्नाले र एकै नासको शिक्षण विधि प्रयोगमा ल्याउनाले पनि एउटै वृतमा फनफनी घुम्नु परेको हो र उपलब्धी हात नलागेको हो ।

(५) शिक्षक हतियार हैन सिकाइको अभिभावक हुने शिक्षा रहनुपर्छ-विद्यार्थीलाई त्रासमा राखी कज्याउने रणनीति आजको शिक्षा नीतिभित्र छ । शिक्षकलाई मुढेबल प्रयोग गर्न वाध्य पारिन्छ । शैक्षिक नीतिनियमका बारेमा कागजमा जे जति राम्रा र हाम्रा कुरा लेखिए पनि सामाजिक ढाँचामा शिक्षकलाई समाजले हतियारको रूपमा प्रयोग गरेको छ । सधैँ अघि हुन, सधैँ सफल बन्न, सधैँ उत्तम अङ्क ल्याउन र सधैँ अरूलाई उछिन्न शिक्षकले विद्यार्थीलाई प्रेरित गरिरहनुपर्छ । उनीहरूको प्राकृतिक स्वभावको प्रतिकूल गएर शिक्षकले नै समाजको सोच अनुकूलको बाटोमा लग्नुपर्छ । एक किसिमले जे सिकायो, त्यही सिक्ने र जे गर्न लगायो, त्यही र त्यति मात्रै लुरूलुरू गर्ने जड मनस्थितिका विद्यार्थी उत्पादन गर्न सक्यो भने त्यो सफल शिक्षक मानिन्छ । विद्यार्थी अराजक गतिविधिमा लागे ज्ञान दिने मान्छेले नै गोरू चुटाइ चुट्न बाध्य हुनुपर्छ । त्यसो नगरे संस्थागत र समाजबाट कडाइ नगरेको आरोप बेहोर्नुपर्छ । कुनै पनि अमर्यादित कामको कारकतत्व पत्ता लगाइन्न । हाँगाबिँगा छिमलेर समाधान खोजिन्छ । यस प्रकार शिक्षक हतियार बनेको छ । यसो नभई शिक्षक सिकाइयात्राको अभिभावक बन्नुपर्छ ।

(६) विद्यार्थी केन्द्रमा र शिक्षक परीधिमा रहने शिक्षा चाहिन्छ-आजसम्म शिक्षकले जे पढाउँछन्, विद्यार्थीले त्यही पढ्नुपर्छ । शिक्षक पनि शैक्षिक नीति, निर्देशन, पाठ्यक्रम र पाठयपुस्तकले जे भन्दछ, त्यसै गर्दछन् । सीमित विषयवस्तुमा केन्द्रित रही सीमित जानकारी उपलब्ध गराउँदछन् । शिक्षक केन्द्रमा हुन्छन् र विद्यार्थी परीधिमा रहन्छन् । शिक्षालयमा ज्ञानार्जन गर्ने पक्ष विद्यार्थी नभई शिक्षक भएजस्तो देखिन्छ । यस किसिमको शैक्षिक परिपाटीबाट विद्यार्थीहरूमा उत्साह मरेर जाने अनि शिक्षकमा पनि मनोमालिन्य उग्ररूपमा बढोत्तरी हुन सक्ने सम्भावना रहन्छ । अत: विद्यार्थीलाई केन्द्रमा राखेर आफू परीधिमा रहेर शिक्षा दिने चलनको विकास हुनुपर्छ । यसो भए विद्यार्थीहरूको कलिलो चिन्तनमा मलजल प्रदान हुन जान्छ, चैतन्य शक्ति अभिवृद्धि हुन्छ ।

(७) स्मृति बढाउने हैन बुद्धि बाहिरिने शिक्षा रहनुपर्छ-आजको शिक्षाले सिकारूलाई वुद्धिमान् बनाउन सकेको छैन । पूराना कुराहरू स्मृति गर्न मात्र सिकाउने गरेको छ । स्मृति बढाउन प्रोत्साहित गर्ने, त्यसका लागि विषयवस्तु कण्ठस्थ पार्ने र त्यसैका लागि बरोबर प्रयास गर्नुपर्ने सोचको विकास आजको शिक्षाले दिलाउँछ । यसबाट सिकारु बुद्धिमान् हुन सक्दैनन् । अत: सिकारुमा रहेको चैतन्य सामथ्र्य बाहिरिने प्रकृतिको शिक्षा दिलाइनुपर्छ ।

(८) उत्तरमा सन्तोष लिने हैन जिज्ञासु मन बनाउने शिक्षा चाहिन्छ-हामीसँग प्रचलनमा रहेको शिक्षणविधिले उत्तरमुखी शिक्षण प्रक्रियालाई महत्व दिएको छ । शिक्षण सिकाइ क्रियाकलापले त विद्यार्थीमा जिज्ञासा जन्माउन सक्नुपर्छ । उनीहरूका जिज्ञासाका विविध खाले उत्तरहरू हुन्छन् । ती उत्तरहरूले विद्यार्थीहरूको जिज्ञासाको द्वार बन्द मात्र गर्दैनन्, प्रश्न उब्जाउने सोचलाई नै वाधा पार्न सक्छन् । पढाउँदा खेरि नै उत्तरमुखी तवरले सीमित विषयवस्तुमा आधारित रही पढाउँदा स्वभाविक रूपले प्रश्न उब्जाउने ठाउँ हुन्न । उब्जाइ हाले पनि शिक्षकले नै निरूत्साहित गर्ने परिपाटीको विकास हुनाले समेत विद्यार्थी स्वयम् उत्तर पाउने र खोज्ने महायात्रामा सरिक हुँदैनन् । त्यसैले त अपूर्ण सिकाइ भइरहेको छ, शिक्षाका उद्देश्य अनुरूपको प्रतिफल प्राप्त भइरहेको छैन ।

(९) ज्ञात कुरा मात्र सिकाउने हैन अज्ञातको बोध गराउने शिक्षा हुनुपर्छ-शिक्षक र शिक्षाले जगत्का ज्ञानगुनका कुराहरू मात्रै सिकाउने परिपाटी छ । ज्ञात कुरा त सबै जसोलाई थाहा हुन्छ । त्यही थाहा भएका कुराहरू प्रत्येक वर्ष दोहोर्याइरहन्छौ । यस अर्थमा ज्ञात भइसकेका कुरा वा ज्ञानले मात्र रहस्यमय जीवनलाई दिशानिर्देश गर्न सक्दैन भन्ने पक्कापक्की छ । अज्ञात रहस्य खोतल्ने खालको काम गर्नका लागि शिक्षा पनि अज्ञात रहस्यको बोध गराउने किसिमको हुनुपर्छ ।

(१०) पोखरीझैँ जम्ने हैन नदीझैँ निरन्तर बग्ने प्रकृतिको शिक्षा हुनुपर्छ-ज्ञान निरन्तर लिँदै जाने कुरा हो । जीवनभरि ज्ञान आर्जन भइरहन्छ । सिकाइको आधार सोही बमोजिम हुनुपर्नेमा त्यसमा अन्यथा भएको भेटिन्छ । सीमित पाठ्यपुस्तकले तोकेको, सीमित पाठ्यवस्तुमा आधारित रहेर शिक्षा दिने परिपाटी छ जसलाई पोखरीको संज्ञा दिन सकिन्छ । पोखरीमा पानी स्थिर भइरहन्छ । त्यही स्थिरताले गर्दा पोखरीमा पानी जमेर गन्हाइरहन्छ । सिकारुले नदीझैँ निरन्तर प्रवाहित हुँदै अघि बढ्ने प्रकृतिको शिक्षा ग्रहण गर्न पाउनुपर्छ ।

(११) अतीत घोकाउने हैन वर्तमान बोध गराउने शिक्षा हुनुपर्छ-आजका सम्पूर्ण पाठ्यवस्तुहरू अतीतमुखी छन् । अतीतमै आधारित छन् । सिकारूको जीवन वर्तमानमा आधारित छ । शिक्षा भने अतीततर्फ फर्किएको हुनाले तालमेल विल्कुलै छैन । अतीतका सूचनाले वर्तमानको जीवनबोध गराउन सक्दैन । वर्तमान जान्न वर्तमानकै सूचना चाहिन्छ । वर्तमान जान्दा मात्रै भविष्यको रथ हाँक्न सिपालु जनशक्ति उत्पादन हुने गर्दछन् । अतीतको सूचनाको पोको फुकाएर वर्तमान पिँढीलाई पुरानै युगमा फर्काउने जमर्को आजको शैक्षिक व्यवस्थामा छ ।

(१२) ज्ञानलाई सीमित मान्ने हैन असीमित ठान्ने शिक्षा हुनुपर्छ-ज्ञानको गहिराइ अपरिमेय छ । तर त्यसलाई निश्चित सामग्री, पाठ्यपुस्तक र पाठ्यवस्तुहरू मार्फत उपलब्ध गराउने कोशिस गरिन्छ । यो काइदा अव्यवहारिक छ । जटिल मात्र हैन, असम्भव छ । ज्ञान दिएर सकिन्न, कसैबाट लिएर पनि सम्भव हुन्न । ज्ञान त आफैँ खोज्नुपर्छ । विद्यार्थी स्वयम् खोज्न प्रेरित गर्ने प्रकृतिको अवधारणा दिलाउन आजको शैक्षिक नीति असफल छ ।

(१३) यथोचित कुरामा विद्रोह सिकाउने शिक्षा हुनुपर्छ-विद्रोहले जिज्ञासाको महासागरमा हेलिन उत्पे्ररित गर्दछ । सन्तोषले तटस्थ भएर यथास्थितिमा नै रहनुपर्ने अवस्थाको बोध गराउँछ । नयाँ कुरा पाउन खोज्नु र युग विपरीतका पुराना कुराहरू निषेध गर्नु अनिवार्य हुन्छ । विद्रोही विचारले नै ज्ञानको सोपान उक्लिन मद्दत गर्छ । ऊध्र्वगामी पथमा सरिक हुनुछ भने ठाउँ, अवस्था र समयमा विद्रोह गर्न सक्नुपर्छ । विद्रोह विकासका लागि हो, सकारात्मक परिवर्तनका लागि हो ।

(१४) पदमुखी हैन श्रममुखी बनाउने शिक्षा हुनुपर्छ-ज्ञान आर्जन गरेका व्यक्तिहरू जे जस्तो अवस्थामा आए पनि सही ढङ्गले जीवन सञ्चालन गर्न सक्षम हुनुपर्नेमा त्यसो हुन सकेको छैन । ज्ञानी मान्छे, शिक्षित मान्छे कहलिएकाहरू नै पदमुखी छन् । शारीरिक श्रम गर्ने अभिभारा आफ्नो नभएको जिकिर गर्दछन् । अरूलाई कज्याएर नै धन कमाउनुपर्छ भन्ने मानसिकतामा छन् । शारीरिक र मानसिक श्रमले जिउने इच्छा धरासायी बनाई पदका पछि दगुर्ने प्रकृतिको शिक्षा अपूर्ण र अधुरो छ ।

(१५) बाहिरका सूचना मात्र कोच्ने हैन मस्तिष्कका कुरा बाहिर ल्याउने शिक्षा चाहिन्छ-अहिलेसम्म प्रचलनमा रहेको शिक्षाले बाहिरका सूचनाहरू विद्यार्थीको दिमागमा प्रवेश गराउँछ । उनीहरू जानकारीले पूर्ण हुन्छन् । शिक्षाको वास्तविक गुण भनेको सिकारूको मनमस्तिष्कमा भएका कुराहरू बाहिर ल्याउनु हो । त्यसो हुन सकेको देखिन्न । बाहिरिया कुरा कोच्ने तर सिकारुभित्र रहेका कुराहरू बाहिर ल्याउन उचित वतावरण प्रदान नहुँदा प्रतिभा प्रष्फुटन हुन सकेको छैन । मौलिक स्वरूप देखाउन पाउने अवस्था सिकारुले पाएका छैनन् ।

माथि उल्लेखित कुराहरू मैले पढेको र पढाएको विद्यालयमा महत्वका साथ लागू भइरहेको पाएकी छैन । समयको माग र नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्ने हो भने ‘एजुकेसन’ र ‘स्कूलिङ’ दुबैका जड कुराहरू त्यागी अग्रगामी चिन्तनलाई प्रश्रय दिनु जरुरी ठान्दछु ।

(ङ) उपसंहार

शिक्षा दिँदा र लिँदा उदार भावना अपनाउनुपर्छ । उदारताको नाममा अराजकतालाई स्वीकार्नुपर्छ भन्ने बुझ्नु हुन्न । एजुकेसन प्रणालीले स्वतन्त्रताको अत्यधिक वकालत गर्छ । स्कूलिङले जडतालाई पृष्ठपोषण गर्छ । यी दुबैलाई मिश्रण गरी बनाइएको मिश्रित प्रणाली नै नेपाली समाजमा सुहाउँदो हुन्छ । प्रयोगात्मक शिक्षामा जोड दिनु आवश्यक छ । लेखपढ गर्नु भनेको जीवनका लागि हो भन्ने भावना जागृत हुनुपर्छ । समाजका सचेत वर्गले नयाँ सोच र जाँगरका साथ मौलिक प्रकृतिको मिश्रित शैक्षिक प्रणालीमा जोडतोडका साथ सक्रिय रहनु अनिवार्य छ भन्दा अतिशयोक्ति नहोला ।

लक्ष्मी रिजाल
लिटिल फ्लावर सेकेण्डरी स्कूल, लोकमार्ग किनार, रूपनगर - ७, प्रगतिटोल, सप्तरी ।
मिति : ०७०.०७.०७

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 161
  • 887 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • एकदम सान्दर्भिक
    29 min 53 sec ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    3 hours 12 min ago
  • भुगोल ले नछेकेको माया
    4 days 23 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    5 days 1 hour ago
  • सधा झै उत्कृष्ट रचना
    5 days 18 hours ago
  • Correction
    1 week 5 days ago
  • स्तब्ध बनाउने हरफ हरु
    1 week 5 days ago
  • धन्यवाद सर, केही समयमा पुन
    1 week 6 days ago
  • कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
    2 weeks 1 day ago
  • DHANYABAD SABAILAI
    2 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • त्यहीँ छ सारा दुःखको विनाश
  • ङा केबु ठौ
  • म खाते बालक
  • ठंडीक एक कप गरम चाय
  • मिथिलाक किसान
  • झुक्दैनन् नेपाली कसैसँग
  • तिमीसँगको भेटले उमंग छायो
  • जन्म–मरणका कष्टदायी समयहरू
  • एउटै बाटो सधैं
  • पश्चाताप
  • फेरी त्यो दिन. by Dev...
  • आश
  • रुवाउने प्रेम क्षणिक हो
  • मेरो जीवन
  • ह्वाईखा (तामाङ कविता)
  • कोहलपुरमा बृहत कवि गोष्ठी सम्पन्न
  • तिम्रो बदलाव
  • रुवाइदिन्छ मायाले
  • गीता उपदेश
  • जिन्दगी ... ?
  • देशको मुहार फेरौ
  • ओशो छहारीमा पुग्दाको एक अनुभूति
  • पूर्णिमाको १०४ औ विशेष शृङ्खला
  • अँध्यारो, मेरी आमा र अगेनो
  • शुरुशुरुमा
  • ब्रुनाईका सात दिन
  • गाउँलेको नाटक
  • मुसी को बिहे
  • जिन्दगी खोला जस्तै बगिरहेछ
  • खुकुरीको चोट
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित