Skip to content

नजाने पनि जानेकोझैं


नजाने पनि जानेकोझैं गर्नुमा छ मज्जा
बेरंग जिन्दगीमा रंग भर्नुमा छ मज्जा

जताततै दलदल छ डुब्छ यो जिन्दगी
डुबेको जिन्दगी तानेर तर्नुमा छ मज्जा

कलियुगमा सत्ययुगको कुरा नगर
यो युगमा त फूल्नुभन्दा झर्नुमा छ मज्जा

अचेल अघि सर्दा मुर्खको फेला परिन्छ
ब्वर्थमा लड्नुभन्दा पछि सर्नुमा छ मज्जा

दुर्गन्धित छिन् कठै मेरी माता बागमती
सफ्फा गर्छु भनेर भ्रम छर्नुमा छ मज्जा

सिताको चिरहरण भएको सुन्नुभन्दा
आफ्ना दुवै कान थुनेर मर्नुमा छ मज्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *