Skip to content

स्रष्टा वार्ता – जयबहादुर घिमिरे


१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?
समानताको हकमा बालमनोविज्ञान पक्षका धेरै कुराहरूमा समानता छन् । चेतनाको हकमा वर्तमान युगका बालकहरू सुचना प्रविधिको विकासको कारण बढी चेतनशिल छन् । तर नैतिक शिक्षाको हकमा आफूभन्दा मान्यजन प्रतिको आस्था, देश प्रतिको नैतिक जिम्मेवारीको हकमा वर्तमान पिढिको अवस्था अत्यन्त दयनीय देख्छु म त ।

२) यहाँनेर आइपुग्न के-कति मेहनत गर्नुभयो त यहाँले ?
खै कहाँनेर पो सम्झनु मैले ? मलाई यहाँहरूको माया ममता स्नेहभन्दा पर केही भए जस्तो लागेको छैन वास्तवमा ।

३) जीवनलाई बुझ्दै हुनुहुन्छ ? वा बुझिसक्नुभयो ?
जीवन कोक्रोमा हैन गर्भमा नै सिक्न सुरु गर्छ, चिहानमा सिकाई सकिन्छ हैन र ?

४) के रहेछ त बास्तवमा जिन्दगी भनेको ?
जसले असहज परिस्थीतिलाई सहजतामा धैर्यता पुर्वक परिणत गर्छ, उसैलाई नै सबैले पढ्नुपर्ने रहेछ । झमक घिमिरे हो “जीवन काँडा कि फूल?”मा योभन्दा अर्को कुरा के छ त ?

५) कृतिहरू कति छन् ? तपाईं अँझै कुनकुन विधाका कति कृतिहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?
खास केही छैनन् फुटकर २०–२२ वटा कविता र २०–२२ वटा निबन्ध छन् । अलिक संख्या नपुगेर हालै प्रकाशित गर्न नसकेको हो । एउटा दुर्गम हिमाली जनजीवनलाई लिएर सास्यानो उपन्यास लेख्नै भावी यो जना छ । हेरौँ कसो हुन्छ ?

६) तपाईंलाई आफ्नो मौलिक कृतिहरू निकालेपछि कस्तो अनुभूति हुनेगर्छ ?
मैले आत्मसन्तुष्टि लागि केही लेखेको थिए । चिताएभन्दा बढी नै आत्मसन्तुष्टि मिलेको छ ।

७) जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुने कारणहरू बताइदिनुहोस् न ।
अघाएको समयमा कोच्दा खीर पनि मिठो हुन्न तर भोकाएको समयमा ढिँडो कति स्वादिलो हुन्छ ? जीवनको सन्दर्भमा पनि यही सिद्धान्त लागु हुने रैछ ।

८) मोफसलीय साहित्यिक गतिविधिलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
जीवन काँडा कि फूलबाट म प्रेरित छु । कुनै पनि मोफसलको लेखकलाई झमकलाई जति अप्ठ्यारो अवश्य पर्दैन उसले चाहना गरेको खण्डमा ।

९) साहित्यमा यौनको उपस्थिति कत्तिको आवश्यक ठान्नुहुन्छ ? सार्थक या निरर्थक ?
सार्थक यत्रो चराचर जगतको प्राणी, वनस्पति साराको सारालाई थाम्ने भनौन । कसरी निरर्थक भन्नु । महाभारत पात्र सन्तनु, भीष्म आदिलाई के यौनको सन्दर्भले चर्चित तथा श्रद्धेय बनाएको होइन ? आवाल ब्रम्हाचारी श्रद्धेय तथा चर्चित हुनु भनेको किन होला ? गहिरिएर सोच्नु भएको छ ?

१०) सम्वत् २०४६ अगाडिका साहित्यिक कृतिहरू र समकालीन साहित्यिक कृतिहरूमा गुणवत्ता र प्रभावकारिताका हिसाबले कत्तिको फरक पाउनुभएको छ त ?
मैले तुलनात्मक रुपले राम्रो अध्ययन गरेको छैन । तर वृहत फरक छ बहुचर्चित पुराना कृतिहरू महाभारत, रामायण, गीता, संस्कृत साहित्यका अनमोल ग्रन्थहरू बाहेक २०४६ सालभन्दा यताका कृतिहरू समसामयिक तथा पठनीय छन् । ०४६ साल उताकाभन्दा ।

११) तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान/अनाख्यान कृतिहरूमध्ये कसकसका कुनकुन कृतिहरू कुन हदसम्म मन पर्छन् ?
अंग्रेजी, हिन्दीका राम्रा लेखकहरू मैले चिनेको छैन। किनभने पढ्नु पर्ने राम्रा पुस्तक त्यहाँ छन् होला जस्तो लाग्छ । वर्तमान समयका लेखकहरूमा जगदिश घिमिरे, कर्ण शाक्य, जोनउड (विदेशी), कृष्ण धारावासी, सलिल ज्ञवाली, गोविन्दराज भट्टराई, सरोजराज अधिकारी, रविन्द्र मिश्र, स्वेत मार्डेन । यसमा अँझै कतिपय अटेनन् क्षमा चाहन्छु । मन पर्नेहरू थुप्रै छन् – (पुस्तकहरूमा लेखकको नाम अनुसार क्रमशः) अन्तरमनको यात्रा, सोच माइक्रोसफ्ट देखी बाहुन डाँडा सम्म, आधाबाटो, पुर्वीय सभ्यता, विश्व विख्यात, पाश्चात्य विद्धानहरूको दृष्टिमा शुकरातको डायरी, चक्रव्युहमा चन्द्र सूर्य, खान पुगोस् दिन पुगोस्, जित तपाईको–शिव खेडा, होपलेस नहुन प्रेरणा दिने स्वेटमार्डेनका कृतिहरू ।

१२) यतिका मान्छे साहित्य लेख्छन् ? तपाईंले नै परिश्रमपूर्वक साहित्य किन लेख्नु पर्यो होला ?
मैले के नै लेखेको छु र ? केही लेखे भने पनि मेरो निजी आत्मसन्तुष्टिको लागि लेखे हुँला ।

१३) उत्तरआधुनिकता भनेको के हो ? तपाईंका विचारमा नेपालमा यसको प्रयोग केकसरी भैरहेको छ ?
यसको उत्तर मलाई आएन तर पनि संगीतको तालअनुसार नृत्य गरेको भन्यो भने सुहाउँदछ हैन र ?

१४) अब जीवनको धोको के रहेको छ ?
सुनाउँदा लाजै हुन्छ होला कम्तिमा पनि नेपाल भारतका सबै मुख्य भुभागहरू घुम्ने भावी योजना छ ।

१५) स्वमूल्याङ्कनका आधारमा तपाईं सफल कि असल मानिस हो ?
म मेरा दृष्टिमा असल मानिस हुँ ।

१६) विदेशी भूमिबाट अहिले विभिन्न मानिसहरूले लेखिरहेका साहित्यलाई तपाईंको विचारबाट कसरी मूल्यांकन गर्नु भएको छ ? विस्तृत रुपमा बताइदिनुहोस् न ?
विस्तृत लेख्न त आफूले अध्ययन गरेको हुनु पर्यो तर विदेशमा विभिन्न कठिनाइसँग जुधि नेपाली साहित्यलाई जसजसले समय दिएका छन् महान् मानिस हुन् ।

१७) नेपालका साहित्यिक गुट उपगुटहरूलाई तपाईं कुन रूपमा लिनुहुन्छ ? कसरी ?
गुट उपगुटबाट साहित्यकार माथि उठ्नुपर्ने हो तर पटक्कै त्यसो हुन सकिरहेको छैन यो माम्लोमा म नितान्त एक्लै जस्तो महसुस हुन्छ मलाई किनभने बहुचर्चित साहित्यकारहरू पनि पार्टीको पुच्छर बनेका छन् । १ पटक म काठमाडौँ गएको समयको कुरा हो । वरिष्ठ साहित्यकार (डा.सुधा त्रिपाठीका दुई पुस्तकहरू विमोचन हुने दिन परेछ । भृकुटीमण्डपमा त्यसदिन पुस्तक प्रदर्शनी मेला लागेको समय पनि थियो । सायद १ डेढ बर्ष अघि होला मैले समय ठ्याक्कै विर्से । पुस्तक विमोचन समारोहका प्रमुख अतिथि क.प्रचण्ड (पुष्प कमल दाहाल) हुनुहुन्थ्यो । उहाँले उक्त विमोचित पुस्तकहरूको बारेमा यस्तो बोल्नुभयो “यी दुई पुस्तकहरू म कहिले बजार गई किनेर पढिहालाँै जस्तो लागेको छ” अनि डा.सुधा त्रिपाठी दिदीले अन्त्यमा समापन हुन लाग्दा भन्नु भयो कि “क.प्रचण्डले यसो भनी दिँदा आज मलाई नोबेल पुरस्कार जिते जस्तो लागिरहेछ” । मलाई दुख लाग्छ उहाँले विमोचन गरेको पुस्तकको नाम नै विर्सेछु । नत्र उल्लेख गर्ने थिएँ । फेरि यस कारण पनि पुस्तकको नाम सम्झन खोजिन कि सर्जक स्रष्टाहरूले आफूलाई वर्तमान युगका नेताभन्दा माथिल्लो चिन्तन बोक्ने आफूलाई सम्झन सक्नुहुन्न भने के नै पो ? किन पो लेखेको होलान् र ?

१८) अन्त्यमा, नयाँ लेखकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?
आफै जन्मने क्रममा छु । न्वारान भएको छैन । कसलाई के सल्लाह दिनु पहिले कमाऊ, अनि खर्च गरौँला हुन्न र ? तै पनि यसको उत्तर प्रस्तुत कविताले दिन्छ कि ?

शीर्षक–के लेखौं ?
साथीभाइ सोध्छन् मलाई के के लेख्नुभयो ?
झट्टै जवाफ दिन्छु मैले जे जे देख्नुभयो ।
जे जे देखायौ जे जे भोग्यौ त्यसलाई बढ्ता लेखैँ ।
कल्पनाको ठेलो लेखी मुल बाटो नछेकौँ ।

कल्पनाले भरिएका हाम्रा शास्त्रहरू ।
भुल्यौँ हामी त्यसै भित्र माथि गए अरु ।
अनुकरणीय एउटा सानै काम गरुँ ।
लेख्न परे त्यसै बारे लेखिदिऊँ बरु ।

उदाहरण लेऊ तिमी थोरै लेखिकन ।
कसले बढ्ता चर्चा पायो तिमी आफै भन ?
मुख्य सुन तिमी काम गर राम्रो
कल्पनाको ठेलि लेखी बन्छ र देश हाम्रो ?

कविता साभार, शब्दाङकुर

।। समाप्त ।।

वार्ताकार – पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *