Skip to content

मसँगै उड्ने चरी आज किन टाढा भयेा ।

RajKumarBK


मसँगै उड्ने चरी आज किन टाढा भयो
वर्षातमा रुझ्ने झरी आज किन टाढा भयो

जोडेर युगल मुटु तोडेर बाधा अड्चन
बस्छु भन्थी सधैभरि आज किन टाढा भयो

अनुपम ती समयका रमणीय पलहरू
जिस्काउदै घरी घरी आज किन टाढा भयो

तिम्लाई दुखे मलाई पनि पीडा हुन्छ भन्ने मान्छे
कोमल मुटु टुक्रा गरी आज किन टाढा भयो

मायाका अनगिन्ती उमङ्गका लहरहरू
छोडी आँखा वरिपरि आज किन टाढा भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *