गाईको जात्रा हुन्छ, हुन्छ नारी दिवस
तीज हुन्छ, यो हुन्छ, त्यो हुन्छ
तर खोइ गोरू जात्रा, खोइ पुरूष दिवस ?
त्यसले साथी यो गाईजात्रा मानी
कोरेको छु एउटा कविता गोरूजात्रा ठानी
आजकालका हामी नेपाली के भाको
अर्थ न वर्थ गोविन्ध गाई
भुडी छ खाली घाँटीमा टाइ
ढिँडो गुन्दु्क हरायो खान्छन् पिजा बगर्र
आजकालका हामी नेपालीको कस्तो रहर ?
जहाँ गए पनि पावर कै छ चर्चा
कि त हुनु पर्दा रहेछ पैसाको बिट्ठा
त्यत्तिकै भन्या होइन रहेछ
छन् कुर्सी सबै मूर्ति, छैन कुर्सी सबैको फुर्ती ।