मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

अन्धकार अनन्त

kbs — Sat, 07/26/2008 - 14:49

  • सामाजिक कथा
  • कुमुद अधिकारी
  • साहित्य सरिता

मस्तिष्कले शून्यतामा पौडिरहेका बेलामा न केही लेख्‍न सकिन्छ न त केही सोच्न नै। सोचको शून्यता यति सारो भयावह लाग्दो रहेछ मैले यतिखेर अनुभव गरिरहेको छु। बितेका केही हप्ताहरूमा मैले केही लेख्‍न सकिरहेको छैन। भावशून्यताको पोखरीमा डुब्दाडुब्दै केही देखिन्छ कि, केही आउँछ कि किनारमा जसको सहाराले म पौडिन सकूँ भन्ने लागिरहेको थियो कैयौँ दिनदेखि। पढाउने-पढ्ने पेसा अँगालेको मलाई, यस्तै क्रममा एक दिन पहिलो घण्टी सकिएर दोस्रो घण्टी लाग्न लागेका बेलामा भीमदाइले आएर भन्नुभयो – “सरलाई भेट्न कोही आउनुभएको छ।”

मैले पनि सामान्य कोही होला आखिर मानिसहरू आइरहन्छन् भेट्नलाई भन्ठानेर भनेँ –“लाइब्रेरीमा बस्तै गर्न भन्नुहोस् न है, भीमदाइ !”

दोस्रो घण्टी सकिएर लाइब्रेरीमा छिर्दा एकजना मान्छे बसिरहेको थियो। कहिल्यै नदेखेको मान्छे, रोगीजस्तो, लाचारजस्तो, अनुहारबाट कान्ति हराएजस्तो, जीवनको लडाईँ हारेजस्तो मान्छे बसिरहेको छ। उसले पनि मलाई चिनेजस्तो लागेन। छेउमा गएर परिचय नदिई उभिइरहेँ। सायद उसले नचिनेकैले होला मसँग केही बोलेन, मैले त चिनेको थिइनँ तर निकैबेर उसको अनुहार हेरेपछि कताकता यस मानिससँग निकै लामो सङ्गत गरेझैँ लागिरह्यो। अन्यमनस्क स्थितिमै उसलाई हेरिरहेँ।

धेरैबेर त उभिने समय पनि थिएन। त्यसैले सोधेँ – “तपाईँले मलाई खोज्नुभएको हो ? मै हुँ सञ्जीव कट्टेल।“

उसले बिस्तारै नमस्कार गर्‍यो र भन्यो- “सर नमस्कार ! सर म साह्रै अन्यायमा परेँ। ममाथि अन्यायमात्रै भएको छ। जसोतसो मृत्युको मुखबाट बाँचेर आएको छु। सरले मेरो उद्धार गरिदिनुपर्‍यो !”

अचानक उसका त्यस्ता कुरा सुनेर मेरो झन्डै सातो गयो। यसो हेर्दा मर्न आँटेको मान्छे छ, उद्धार गरिदिन भन्छ। अब यसले निकै पैसा कुम्ल्याउने भयो भनेर म मनमनै निकै अत्तालिएँ । आजभोलि सहायताको नाममा माग्न आउने जस्ता पनि मानिसहरू भेटिन्छन्। को साँचा हुन् र को झुटा पत्ता लगाउनै गाह्रो। फेरि मृत्युको मुखबाट बाँचेर आएको भन्छ, के भएको छ यसलाई ? कि युद्धपीडित हो या साँच्चैको घातक बिरामीको चपेटामा परेको छ कि ? कि विशुद्ध ठग हो। मैले धेरै यस्ता ठगहरूलाई देखेको छु जसले दुःखको सजीव अभिनय गरेर साधारण मानिसलाई सजिलै थाङ्‌नामा सुताइदिन सक्छन्। अझ आफूले काम गरेकै कलेजमा त त्यस्ता ठग व्यापारीहरू आरामले 'ट्रेनिङ'का नाममा व्यापार गरिरहेका हुन्छन्। केही बोल्यो भने यो ‘बाठो भयो‘ भन्ने भनाइ पाइएला भन्ने डर।

तर मान्छे भेट्न आएपछि बोल्न त परिहाल्यो। ठग वा जे भए पनि यति भित्रसम्म आइपुगेको मान्छेलाई त्यसै पठाउन त सकिन्नथ्यो। आँटिलो देखिने अभिनय गर्दै भनेँ- “तपाईँ पहिले आफ्नो परिचय दिनुहोस्, के दुःख परेको छ त्यो भन्नुहोस्, तपाईँलाई परेको अन्यायको बेलिविस्तार लाउनुहोस् अनि मात्रै न म केही भन्न सक्छु। त्यसै पनि म उद्धारकर्ता त होइन। हेर्नुहोस् ! यही कलेजमा पढाएर आएको तलबले मैले म र मेरो परिवारलाई भरणपोषण गर्नुपर्छ। तपाईँलाई देश, काल र परिस्थिति त थाहा छँदै छ। तैपनि मानवीय नाताले धेरथोर मैले सकेको अवश्य गर्नेछु।“ केही रकम दिएर टार्नुपर्ला भन्ने गम्दै थिएँ म।

उसका अनुहारमा अवसादका रेखाहरू देखापर्न थाले, उसले मानौँ वेदना ओकल्यो- “सर ! माफ पाऊँ। मैले परिचय नै नदिई यसरी सरसँग सहायता माग्न हुँदैनथ्यो। म पनि कस्तो हुस्सु। सर ! म भर्खरमात्र कीर्तिपुरको मेरो डेराको मृत्युशय्याबाट निस्केर आएको हुँ। ममा जीवन राम्रोसँग छिरेकै छैन। सरले मेरा बोली र लवजहरू केही अनौठा मान्नुभयो होला। सर म त्यही कीर्तिपुरको डेराबाट सुकरात सरलाई पनि नभेटी सीधै तपाईँलाई भेट्न आएको हुँ।“

“अरे...........!” म अवाक् भएँ। घोर आश्चर्यमा परेँ। यो के सम्भव छ र ? कि म सपना देख्तै छु। यो मान्छे त ‘सुकरातका पाइला’को नायकजस्तो पो छ त। अनन्तजस्तो। हिजोमात्र मैले डा. गोविन्दराज भट्टराईको ‘सुकरातका पाइला’ पढिसिध्याएको थिएँ। पढेको एक मिनेट पनि नबिती उहाँलाई फोन गरेर बधाई दिएको थिएँ। खुसी व्यक्त गरेको थिएँ। ‘देशमा घटेका घटनाहरूको यति सजीव चित्रण मैले यसभन्दा अघि कहिल्यै नेपाली साहित्यमा पढ्न पाएको थिइनँ सर !’ भनी भनेको थिएँ। यसरी भोलिपल्टै उपन्यासको पात्र मेरा सामु पाउँदा मैले कसरी विश्वास गर्नु ? मेरा आँखाहरू उसबाट हटेनन्। म मानौँ जड़ भएँ उसका सामु। यो उपन्यासको पात्र कसरी आयो त ? उसले मानव रूप कसरी लियो ? कि ऊ भ्रममात्र हो ? मेरो जड शरीरभित्र प्रश्न र जिज्ञासाहरूको भुमरी नै परेको थियो।
मनमा अनेकखाले विचार खेल्न थाले। यो मान्छे ममाथि अन्याय भयो भन्दै आएको छ। मैले यसमाथि के न्याय गर्नु र ? कथा बुनेर उपन्यासको पात्रलाई न्याय गर्न सकुँला र ? आख्यानकर्ममा त म छु तर मेरा श्रद्धेय दाजु गोविन्दराज भट्टराईको पात्रलाई मैले कसरी प्रयोग गर्नु ? मैले उहाँको पात्रमाथि खेलवाड गर्दा मलाई मुद्दै पो लाग्ने हो कि। म नाथे अड्डा-अदालत कहिल्यै नधाएको मान्छे। मैले फेरि उहाँलाई के मुख देखाउनु। यस्ता विचारै विचारका आँधीहरूबीच म रुमल्लिएको बेला ऊ फेरि बोल्यो –
“हो सर ! हजुर छक्क नपर्नुहोस्। म त्यही ‘सुकरातका पाइला’को अनन्त हुँ। म नर्फोकबाट बी.ए. पास गरेर काठमाडौँ आउँदा ठूलो उमङ्ग बोकेर आएको थिएँ। तर मलाई गोविन्दराज सरले साह्रै अन्याय गर्नुभयो सर !”

मैले भनेँ- “हेर्नुहोस् अनन्त भाइ, म तपाईँ अर्थात् ‘सुकरातका पाइला’को नायक मेरा सामु मान्छेकै रुपमा छ भन्ने कुराको आश्चर्यबाटै मुक्त हुन सकिरहेको छैन। यस्तो अन्योलको स्थितिमा तपाईँलाई कसरी न्याय गर्न सक्छु र ? फेरि मैले कसरी न्याय गर्ने तपाईँलाई ? तपाईँ गोविन्दराज सरको पात्र। तपाईँलाई मैले आफूले चाहे जसरी हिँडाउन सक्तै सक्तिनँ। एउटा त प्रतिलिपि अधिकार, त्यसमाथि पनि गोविन्दराज सरजस्तो आदरणीय व्यक्तित्व। म केही गर्न सक्छु जस्तो त लाग्दैन। तपाईँमाथि न्याय गर्न त ‘सुकरातका पाइला’को पुनर्लेखन गर्नुपर्‍यो, जुन मेरो अधिकारबाहिरको क्षेत्र हो। अनि सबभन्दा मुख्य कुरो तपाईँले ‘सुकरातका पाइला’मा एउटा जीवन बाँचिसक्‍नुभयो र पात्रको इच्छाअनुसार उपन्यास पुनर्लेखन भएको कतै मैले थाहा पाएको छैन। अनि फेरि एउटै जीवन दुईपल्ट बाँच्न त सकिँदैसकिँदैन।“
ऊ फेरि अगाडि बढ्यो- “होइन सर ! म ‘सुकरातका पाइला’मा एउटा छोटो जिन्दगीमात्र बाँचेको छु। त्यो पनि अन्यायपूर्ण जिन्दगी। मैले सरलाई अघि पनि भनेँ नि म फेरि ‘सुकरातका पाइला’को मृत्युशय्याबाट त्यहाँ फर्केर नजाने गरी सुकरात सरलाई पनि नभेटी सीधै सरकहाँ आउँदै छु। सरहरूले मान्छेको दुई-तीन वर्षको जिन्दगीलाई नै उसको सम्पूर्ण जीवन ठान्नुभएन। मान्छे परिवर्तन त हुन्छ नै, त्यस्तै जीवन पनि त परिवर्तनशील छ। म ‘सुकरातका पाइला’को अनन्त हैन अब। तर मैले त्यसो भन्दैमा दुनियाँले त त्यो भन्दैन। ठान्छ अनन्त मरिसक्यो। सरले मलाई नयाँ परिचय दिनुपर्‍यो। ममाथि न्याय गर्नुपर्‍यो।”

म अझै पनि सामान्य हुन सकिरहेको छैन। सपना हो कि विपना हो ? तर सजीव पात्र आफ्ना सामु उभिएपछि उसका कुराको जबाफ त दिनै पर्‍यो- “अनन्त जी ! म यो कसरी गर्न सक्छु र ? यो काम त सर आर्थर कोनान डोयलले आफ्नो पात्र सर्लक होम्सलाई ब्यूँताएजस्तै तपाईँलाई पनि गोविन्दराज सरले मात्र पुनर्जीवित पारेर अरू कृतिहरूमा सम्मानजनक ठाउँ दिन सक्‍नुहुन्छ। तपाईँ उहाँको पात्र, यसमा मैले के गर्न सक्छु र ? हेर्नुहोस् कपिराइटको मुद्दा पर्‍यो भने मेरो त जिन्दगी नै खत्तम हुन्छ। केही सपनाहरूको खेती गरेर बाँचेको छु। तीनै सपनाहरूमा पनि बाढी आयो भने मैले के गर्नु ? भन्नुहोस् त ?"

मलाई मेरो भाषामै याचना लुकेजस्तो भान भयो। केही बेर अलमलिएँ पनि। मैसँग केही माग्दै आएको मानिस पात्रलाई हेरेँ, त्यसै माया लागेर आयो, लज्जाबोध भयो। माग्‍नेसँग के मागेको हुँला भन्ने लागिरह्यो। तर स्थिति बडो विचित्रको थियो। यो विचित्रताले अनौठो अनुभूति पनि दिइरहेको थियो। वरिपरि हेर्दा पनि कुनै अर्कै ठाउँजस्तो, फेरि त्यही परिचित ठाउँ पनि लाग्‍ने। आफूलाई हावामा तैरिरहेकोजस्तो लाग्‍ने कोहीबेला, कोही बेला झ्यालबाट छिरेको हावा नै मादक लाग्‍ने। यस्तै अनुभूतिका बीचमा फेरि कक्षामा जाने घण्टी लाग्यो। म मानौँ धरातलमा पछारिएँ।

ऊ त्यहीँ बसेर मलाई हेरिरहेको थियो। मैले भनेँ- "हेर्नुहोस् अनन्तजी ! अहिले मैले क्लास जानु पर्‍यो। तपाईँसँग म फेरि कुरा गर्छु।" भनेर मित्र राजेशमानजीलाई अनन्तको वासको व्यवस्था गरिदन अनुरोध गरेँ। अब बी.ए. तेस्रो वर्षमा गएर 'इलिमेन्ट्‍स अफ फिक्सन'मा मैले अनुभव गरेका कुरालाई कसरी समायोजन गर्ने भन्ने कुरा मनमा खेलाउँदै म लाइब्रेरीबाट बाहिर निस्केँ।

***

अर्को दिन राजेशमानजी सहित अनन्तलाई भेट्न भनी उसलाई राखिएको गेस्टहाउस कञ्चनजङ्‌घामा पुग्यौँ। छुट्टी थियो, हतार थिएन। आज चाहिँ अनन्तलाई के अन्याय परेको रहेछ भन्ने बुझेरै मात्र जाने विचारले आएका थियौँ। राजेशमानजी त बेलाबेला बौलाएको जस्तो गरिरहनुभएको थियो।हिजो अनन्तजी उपन्यासको पात्र हो भने पछि त उहाँ झन्डै बेहोस हुनुभएको थियो। तर मैले नै उहाँलाई आफू कति छक्क परेको छु भन्ने कुरो बताउँदा पनि उहाँको व्यवहारमा सनक आउन छाडेको थिएन। मैले बडो मुस्किलले उहाँलाई आज अनन्तलाई भेट्न जाऔँ भनी मनाएको थिएँ। खै किन हो मलाई एकजना साथी भैदिए हुन्थ्यो भन्ने लागेर हो कि वा अनन्तले मलाई केही गर्छ भन्ने लागेर हो, यसै भन्न सक्तिनँ। त्यसैपनि यो हाम्रो साक्षातकार यस प्रकारको पहिलो नै थियो। सबै मान्छेलाई वास्तविकता बताउने कुरा पनि भएन। आफैँलाई पत्याउन गाह्रो परिरहेका बेलामा, अरूले त के भन्लान् भन्ने लागिरह्यो।

हिजो भन्दा अनन्त निकै बदलिएको रूपमा देखियो। दारीजुँगा काटेर कपाल कोरेर चिटिक्क परेको। तर अनुहारको ओज भने हिजोको जस्तो नै थियो। उसले देखाएका सोफामा बसिसकेपछि मैले नै कुरा अगाडि बढाएँ- "ल अनन्तजी ! अब सुनौँ तपाईँलाई परेको अन्याय। मैले उपन्यास पढ्दा त केही त्यस्तो लागेको थिएन। तपाईँका काम र भावनासँग, तपाईँको प्रेमसँग, तपाईँका गुरु सुकरातसँग, तपाईँका हरेक पाइलाका अप्ठ्याराहरूसँग हिँड्‌दा मलाई पटक्कै तपाईँमाथि अन्याय भयो जस्तो लागेको थिएन।देशकै त्यस्तो दुर्दशा भएका बेला त्यसरी माया गर्ने प्रेमिका गुमाएपछि, विदेश जान लाग्दा दलालका पञ्जामा परेपछि र कुसङ्गतमा लागेपछि, निराशाका चरम विन्दुहरू पार गर्दा मान्छेले मुक्तिको बाटो रोज्छ र तपाईँले पनि त्यही रोज्नुभयो। फरक त्यति मात्र हो कि तपाईँले आत्महत्यासम्बन्धी त्यति धेरै खोजबिन गरेर त्यही बाटो रोज्नु भयो, अरू कसैले मुक्तिको अर्कै बाटो रोज्थ्यो होला। खै मैले त केही अन्याय भएको देखिनँ। अनि फेरि अर्को कुरा, यदि अन्याय नै भएको हो भने पनि तपाईँ सिधै, आफ्ना लेखक गोविन्दराज सरकहाँ जानुपर्ने थियो। सिधै नगए सुकरात सरलाई भन्न लगाएको भए पनि हुन्थ्यो। तपाईँको साथी गोपीलगायत अरूहरू पनि त थिए होलान् ! तपाईँ मकहाँ यति टाढा किन आउनुभयो ? काठमाडौँमा पनि अनेक लेखक थिए होलान् ? तपाईँलाई इटहरी नै आउनुपर्ने कारण के त ? अनि फेरि मेरो ठेगाना र परिचय तपाईँले कसरी पाउनुभयो र सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईँलाई मैले उद्दार गरिदिन्छु भन्ने कसरी लाग्यो ?"

मैले सम्भवतः मेरा मनभित्र उब्‍जेका धेरैजसो जिज्ञासाहरू एकैचोटि ऊमाथि खन्याएँ। मेरा यी कुराहरू सुनिँरहदा ऊ केही विचलित पनि देखियो। तर केही बेरमा शान्त भएर भन्न थाल्यो- "सर ! माफ गर्नुहोला। मैले तपाईँलाई भन्ने कुरा धेरै छन्। र मैले भनेका कुराहरू सबै सिलसिलेवार नहुन पनि सक्छन्। तैपनि म तपाईँलाई तपाईँका सबै प्रश्नहरूको जबाफ दिने कोसिस गर्नेछु। यतिका दिनसम्म, नर्फोकबाट काठमाडौँ आएपछि लेखकको हातको कठपुतली भएर बाँचिरहेँ। लेखकले जसो चाह्यो त्यसै गरिरहेँ। मैले विद्रोह गर्न सकिनँ। सकिनँ पनि कसरी भन्नु पात्रले लेखकसँग विद्रोह गर्नै सक्तोरहेनछ। पात्र भनेको लेखकद्वारा निर्मित चरित्र, जसरी चाह्यो त्यसरी नै नचाउन सक्‍ने।
सर ! म नर्फोकमा पढ्दैदेखि काठमाडौँमा हुने क्रियाकलापहरूसँग परिचित थिएँ। विश्वविद्यालयमा भर्नाको मिति सकिएको पनि मलाई नर्फोकमै थाहा भैसकेको थियो। सधैँ सोझो मान्छे म छक्कापन्जा नजान्ने, मलाई लेखकले कुसमयमा विभागीय प्रमुखकहाँ पुर्‍याइदिनुभयो। मैले भर्नाको मिति सकिएपछि विभागिय प्रमुखलाई दबाव दिन चाहेको थिइनँ। अझ एकपल्टको असफलतापछि राजनीतिक हस्तक्षेपको सहायतामा रणसङ्ग्रामसँग त्यसरी धम्क्याउने त मेरो पटक्कै इच्छा थिएन। केही महिना पहिले नै काठमाडौँ आउनुको मेरो उद्देश्य आफूलाई सूचनाप्रविधिसँग अझ बढी परिचित गराउनु थियो।

मैले यही एउटा काम लेखकसँग लुकेर गरेँ सर। मैले कम्प्युटर सिकेँ। क्याफेमा धाउन थालेँ। इन्टरनेट सर्फ गर्न थालेँ। खोइ किन हो, उच्च शिक्षा हासिल गर्न नर्फोकबाट आएको ठिटोले कम्प्युटर सिक्छ र इन्टरनेटमा खोजीनीति गर्छ भन्ने कुरो लेखकले चाल पाउनुभएन। यही कुरो मैले उहाँबाट लुकाएँ। भनौँ न उहाँबाट जोगिन सफल भएँ। सरको नाम र ठेगाना मैले इन्टरनेटबाटै लिएको हुँ। सरलाई केही प्रश्नहरूको जबाफ मिल्यो कि ?"

उसले टेबलमा राखेको जगबाट गिलासमा पानी सारेर दुई गिलास पानी पियो र फेरि भन्न थाल्यो- "तर सर ! मैले अरु कुराहरूमा लेखकलाई केही गरी झुक्याउन सकिनँ। मनमा जे भए पनि यन्त्रमानवजस्तै लेखकले जे चाहनुभयो त्यही गरिरहेँ। मलाई अस्तित्वमा ल्याउने त उहाँ नै भएकाले होला मेरा इच्छा र आकाङ्‌क्षाहरू मेरा कर्मभन्दा गौण हुन पुगे ।

तर मैले चाहेको त्यो थिइनँ। पढ्नमा मलाई साह्रै रुचि थियो। विशेष अङ्ग्रेजी साहित्यमा साह्रै रुची भएकैले नर्फोकमै मैले प्रमुख विषय अङ्ग्रेजी राखेको थिएँ। विशेष आख्यानमा रस पसेकाले मैले बीए दोस्रो वर्षको पुस्तकमा भएका प्रायः सबै कथाहरू पढिसिध्याएको थिएँ। त्यसमा पनि मुपासाँ र चेखभका कथाले म अत्यन्त प्रभावित भएको थिएँ। अनि पढ्ने क्रममा खोजी गर्दै जाँदा अरू कथासाहित्यहरू पढ्न थालेँ। रस भिज्दै गयो, पढ्दै गइयो, अर्थात् पढाइको नसा जस्तो लाग्यो। कथासाहित्यको खोजी गर्दै जाँदा मलाई सबैभन्दा बढी लु सुनका कथाहरूले प्रभावित पारे।
अझ लु सुनको कथासङ्ग्रह 'सेलेक्टेड स्टोरीज अफ लु सुन'मा उनका केही शब्दहरू पढेपछि त मलाई उनको बाटो पछ्याउनुमा नै जीवन सार्थक छ जस्तो लाग्यो। उनले समाजमा परिवर्तन ल्याउनका लागि साहित्य नै सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा पत्ता लगाएर लेख्‍न थालेका थिए। उनका कथाहरू पढ्दा लाग्छ, उनको लेखनीले मानिसको चेतलाई यसरी कोट्याउँछ कि मानिस सोच्न बाध्य हुन्छ, घोरिन बाध्य हुन्छ र केही गर्न बाध्य हुन्छ।
भो धेर कुरा गरेँ हुँला सर। मैले धेरै पढेको छु भन्न चाहेको हैन। तर म उच्च शिक्षा हासिल गरी लेखक बन्ने चाहनाले चाहिँ पक्कै काठमाडौँ आएको थिएँ। नेपाली साहित्यकै पनि प्रभावशाली लेखकहरूलाई पढ्दा मलाई लेखनको महत्त्व र प्रभाव राम्रैसँग थाहा भैसकेको थियो।"
अनन्त यति भनेपछि उठेर टोइलेटतिर लाग्यो। म र राजेशमानजीले मुखामुख गर्‍यौँ। उहाँले पनि 'सुकरातका पाइला' त पढ्नुभएको थियो। अनन्तको कथा सुनेपछि उहाँको अनुहारमा विचित्रका भावहरू आउन थालेका थिए।

म पनि सामान्य थिइनँ अर्थात् भनौँ सामान्यता र असामान्यताको बीचमै थिएँ। उपन्यासको पात्र वास्तविक जीवनमा मानिसको रूपमा आएपछि म ट्रान्समै थिएँ। अझ राजेशमानजी त झुमिरहनुभएको थियो। यस्तै स्थितिमा अनन्त फर्केर आएपछि मैले फेरि प्रश्न राखेँ- "अनि अनन्तजी, पूर्णिमाको मृत्यु, जनयुद्ध र वैदेशिक म्यानपावर कम्पनीका कुरा चाहिँ के हुन् नि ? कि ती पनि तपाईँले चाहे विपरीत नै भएका हुन् या गोविन्दराज सरले त्यता पनि अन्याय गर्नुभएको छ ?"

पूर्णिमाको मृत्युको प्रसङ्गले अनन्तको अन्तःस्करणमा कतै चस्स घोचेछ क्यारे, कागतीलाई घोच्दा रस निस्केझैँ उसका आँखाहरू रसाए। तिनै आँखाका वेदनाहरूलाई लुकाउन खोज्दै अगाडि उसले भन्यो – "सर ! पूर्णिमाको मृत्यु एउटा त्राशद सत्य हो। जनयुद्ध यो विचरो देशले भोगेको यथार्थ। इतिहासको यो कालखण्डबाट न म नै मुक्त छु न मजस्ता अरू पात्रहरू। नेपालमा बस्‍ने वा बाहिर बस्‍ने नेपाली जो कोही होस् उसले जनयुद्धको त्राश उत्तिकै भोगेको छ, हामीहरू सबै एउटै हिसाबमा पिल्सिएका छौँ, डढेका छौँ। यही जनयुद्धले मेरी प्रेमिकालाई खोस्यो, यो भन्दा बढी सत्य के हुन सक्छ र ?

यो जनयुद्ध सुरु गर्दा सायद यसका पछाडि राम्रै कारणहरू पनि थिए होलान्, कुनै पवित्र उद्देश्य बोकेरै युद्ध लडिएको हुनुपर्छ। तर सर युद्ध युद्ध नै हो, युद्ध गर्नुभन्दा अघि जेजति भने पनि युद्ध गर्दा ती भनेका कुराहरू गौण हुन जाँदा रहेछन्। मानवाधिकार, सार्वजनिक सम्पत्ति, सर्वसाधारणको ज्यान सबै युद्धका बाधकहरू हुँदा रहेछन्। जित्‍नुपर्छ र जित्‍नैपर्छ। युद्ध जित्‍नका लागि चाहे जे गर्नु परोस्। सायद गुरिल्लायुद्ध भनेको यही हो क्यारे। मलाई त त्यति थाहा छैन। तर यही गुरिल्लायुद्धले मेरी पूर्णिमाको ज्यान लियो।"
अनन्त भावुक भयो। केही क्षण मौन रह्यो। यो मौनतालाई म र राजेशमानजीले पनि तोड्न सकेनौँ। हामीले पनि केही न केही त्यही भोगेका थियौँ जो अनन्तले भोगेको थियो। साझा भोगाइका अनुभूतिहरू मिलेछन् क्यार, हाम्रा पनि आँखा रसाए।

अनन्तले अगाडि भन्यो – " सर ! जनयुद्धबारे र सुकरात सर बारे मलाई गोविन्दराज सरसँग कति पनि गुनासो छैन। देशले जे भोग्यो त्यही मैले पनि भोगेँ। सुकरात सरप्रति त अझै पनि कृतज्ञ छु, उहाँले जिन्दगीभरको कमाइ मलाई विदेश पठाउन खर्च गर्नुभएको छ। उहाँका जीवनदायी वाक्यहरूले मलाई कहिलेकाहीँ घोर निराशाको सागरबाट उद्दार गरेका छन्। म जबजब आपत् पर्थ्यो त्यति बेला सुकरात सरकामा नै जान्थेँ। मैले त्यसरी म्यानपावर कम्पनीलाई पैसा दिएर विदेश काम गर्न जाने बारे कहिल्यै सोचेको थिइनँ। मलाई त राम्ररी पढेर एमए पास गरेर कुनै विदेशी विश्वविद्यालयमा ससम्मान पढ्न जान मन लागेको थियो। तर यहाँ पनि म लेखकद्वारा ठगिएँ, सर। मलाई लेखकले पहिलो वर्षमै भर्ना गराइदिएर एमए फेल गराइदिनुभयो। यहाँ मलाई अर्को अन्याय भएको छ। सायद यही अन्यायलाई ढाकछोप गर्न हो क्यार पछि मलाई लेखकले सुकरात सरकहाँ लिएर जानुभयो। सायद लेखकलाई सुकरात सर मेरा लागि के हुन् भन्ने कुरो पत्तो लागेरै होला उहाँले त्यसो गरेको।

यो कामप्रति चाहिँ म लेखकसँग साह्रै आभारी छु। लेखकले नै हो मलाई सुकरात सरजस्तो दार्शनिकसँग भेटाइदिनुभएको। सुकरात सरको ऋण त म आजन्म तिर्न सक्तिनँ। आफ्नो रहेसहेको सञ्चयकोषको रकम झिकेर एउटा मजस्तो एमए फेल भएको विद्यार्थीलाई विदेश पठाउने कोसिस गर्नुभयो। त्यसभन्दा माथि सुकरात सरका कुराहरू साह्रै जीवनदायिनी थिए। निराशाका चरम बिन्दुहरूमा पनि उहाँको कुनै कुरालाई हेर्ने दृष्टिकोणले मलाई अत्यन्त ऊर्जा थपेको छ सर !"

अनन्तका कुराहरू सुनेर म अचम्भित भैरहेको थिएँ। यस्ता कुरा मानिसका जीवनमा सम्भव छन् जस्तो लागिरहने। मलाई त अझै ट्रान्सको गहिरो खाडलमा परेको भान भैरहेको थियो। उपन्यासको पात्रले यसरी लेखकको विरोध गरेको, कतै समर्थन पनि गरेको र उपन्यासकै अर्को पात्रसँग यसरी कृतज्ञता व्यक्त गरेको प्रत्यक्ष अनुभव गरिरहेको थिएँ। उपन्यासको पात्र मानिसकै रूपमा सजीव भएर मेरो सामु थियो।

"सर ! सुकरात सरको सङ्गतले गर्दा मैले धेरै कुराहरूमा सतर्कता अपनाउन थालिसकेको थिएँ। विदेश जाने क्रममा पनि मैले म्यानपावर कम्पनीको वैधता जाँच गरिवरि मात्र कदम चालेको थिएँ। गाउँका दुई भाइहरूसँग उड्न लागेकै बेलामा इराकमा नेपालीहरूको हत्याले सल्काएको आगोले हामी धेरैको सपना पनि डढायो सर। यसमा गोविन्दराज सर एकदम ठीक हुनुहुन्छ। यस ठाउँमा उहाँप्रति मेरो गुनासो के भने, म राम्रै म्यानपावर कम्पनीमा गएको थिएँ। त्यो ठग डेभिडकहाँ गएको थिइनँ। यहीँ मलाई अर्को सानो अन्याय भयो सर। तर पछि अझ अर्को ठूलो अन्याय गर्नुभएपछि मलाई यी साना तिना कुरामा केही भन्नु छैन सर !"

"सर ! भन्छन् राम्रा मान्छेहरूका बीचमा एउटा नराम्रो मान्छे आयो भने, राम्राका प्रभावले त्यो पनि राम्रै बन्छ रे ।तर नराम्राहरूका बीचमा सोझो र इमान्दार मान्छे बाँच्न सक्तो रहेनछ। ऊ पटकपटक मर्दो रहेछ सर। मलाई कहिले काहीँ त्यस्तै लाग्छ, म दुष्टहरूको बीचमा छु र कहिल्यै त्यहाँबाट उम्कन सक्तिनँ। 'सुकरातका पाइला'मा पनि सायद गोविन्दराज सरको त्यस्तै बाध्यता हुँदो हो। मलाई नराम्राहरूको बीचमा फँसाइसकेपछि उहाँले मलाई फेरि उद्दार गर्न सक्‍नुभएन।"

अनन्तका कुरा सुन्दा लाग्थ्यो ऊ गोविन्दराज सरप्रति शतप्रतिशत नकारात्मक छैन। कताकता मलाई खुसी पनि लाग्यो। मेरा आदरणीय दाइ र लेखकप्रति अनन्तको व्यवहारले म निकै बिचलित पनि भएको थिएँ। मलाई यहाँ के लाग्यो भने, अनन्तले गोविन्दराज सरको लेखकीय बाध्यता बुझेको छ। त्यति बुझ्न ऊ सक्षम छ। यतिका कुराकानी पछि राजेशमानजी र म अनन्तलाई केहीबेर आराम गर्न भनेर होटल बाहिर निस्कियौँ।

सगुन स्विट पार्लरमा बसेर बन्दाकोपीको मोमो र रसमलाई खाँदै गर्दा मैले राजेशमानजीलाई सोधेँ- "के छ राजेशमानजी ! कस्तो अनुभव भैरहेको छ त ?"

राजेशमानजीले निकैबेर ट्‍वाल्ल परेर मलाई हेरे र भने- "मलाई त चार बोतलको नसा चढेझैँ भएको छ हौ सञ्जीवजी। सपना हो कि बिपना ? म अल्झिएको अल्झियै छु। हेर्नुहोस् न त्यो भाइ त्यही अनन्त हो त ? मैले त अर्कै अनुहारको कल्पना गरेको थिएँ। उपन्यास पढ्दा जुन चित्र उसको मेरो मनमा थियो यो बिलकुलै मिल्दैन नि त? अनि फेरि त्यो मान्छे किताबबाट निस्केर कसरी तपाईँका सामु आयो ? मान्छे कहिल्यै त्यसरी किताबबाट निस्कन सक्छ र?”

मैले सामान्य हुनुको अभिनय त गर्नै थियो। म आख्यान लेखक थिएँ र लेखकहरू केही यस्तै स्तिथिमा नफँसी आफूलाई सुधार गर्ने मौका पाउँदैनन् भन्ने लागिरहेको पनि थियो। मैले राजेशजीलाई भनेँ – “ल राजेशमानजी पनि ! त्यो त कहाँ हुन्छ र तपाईँले सोचेजस्तो पात्रको रूपरङ मैले सोचेको कहाँ मिल्छ त। कुनै पनि कृति पढ्दा मानिसहरूले आफ्ना मस्तिष्कमा कृतिका पात्रहरूलाई आफ्नै सुविधा र सोच अनुसार मानवीकृत गरेका हुन्छन्। यो मानवीकृत गर्ने कार्य, व्यक्तिगत स्वभावमा भरपर्ने कुरा हो अनि फेरि तपाईँले कृति कुन मनोभावले पढ्नुभयो त्यसले पनि निकै महत्त्व राख्छ। अनि पात्र मान्छेको रूपमा आएको कुरा त के भयो र ? एक्काइसौँ शताब्दी हो यो त यार ! यहाँ जे पनि हुन सक्छ। अहिले त किताबको पात्रले हामीसँग आएर अनुरोध मात्रै गर्दै छ। हेर्नुहोस् केही वर्ष पछाडि तपाईँले खबर सुन्नुहुनेछ – ‘फलानो पात्रले सर्वोच्चमा फलानो लेखकविरूद्ध ज्यानमुद्दा हालेको छ रे !”

राजेशमानजी फेरि घोरिन थाल्नुभयो। मलाई केही डर पनि लाग्यो। सोझो मान्छे मैले अप्ठ्यारोमा त फसाइँन ? उहाँ निकै बिचलित पनि देखिइरहनुभएको थियो। तर हामीले यो स्थितिबाट भाग्न त मिल्दैनथ्यो। फेरि भनेँ- “ल जाऔँ राजेशमानजी ! अनन्तजीको आराम पनि निकै भयो।“

राजेशमानजी र म फेरि होटल पुग्दा अनन्त आराम गरिवरी तरोताजा भएर हाम्रै प्रतीक्षा गरिरहेका थियो।

ऊ अगाडि बढ्यो – “सर ! मेरो लेखक बन्ने सपनालाई चकनाचूर पारिएको त सरलाई थाहै भयो होला। यसरी लेखक बन्नका भनेर मैले पढ्नुपर्ने धेरै थियो। मैले मेरै छिमेकीहरूको साहित्य पढ्नु थियो। समुद्रपारिको साहित्य पढ्नु थियो। कथा, कविता, नाटक र उपन्यास पढ्नु थियो। मैले पढ्नै पर्ने लेखकहरूको सूची यहाँ छ सर !”

मैले देखेँ उसको डायरीमा सयौँ लेखकका नामहरू छन्। नेपाली, हिन्दी, अङ्ग्रेजी, चिनियाँ, रुसी, फ्रेन्च, उर्दू, फारसी, बङ्गाली, जापानी, जर्मन, आदि भाषामा लेखिएका लेखकका अनगिन्ती किताबहरूका नाम छन्।

“सर यी सबै लेखकका किताबहरूमध्ये मैले धेरै पढेको पनि छु। तर म ‘सुकरातका पाइला’को तानाबानामा यसरी बुनिएँ कि मैले आत्महत्याको उत्कृष्ट साहित्य पढ्नुपर्‍यो। जीवन रोज्न हिँडेको मान्छेले मृत्युका तरिकाहरूमा शोधार्थीलेझैँ खोजी गर्नु पर्‍यो। त्यो पनि लुकाएर। हेर्नुहोस् मेरो नियति ! सर यहीँ मलाई गोविन्दराज सरदेखि साह्रै दुःख लागेको छ। उहाँले मलाई ती मृत्युसाहित्य पढाउनुभयो, मैले स्वीकारेँ तर उहाँले मलाई त्यसको प्रभावबाट मुक्त गर्न सक्‍नुभएन र मेरो इहलीला मेरै आत्महत्याबाट समाप्त हुने भएपछि म विवश भएँ।

तर सर मैले बाँच्नु रहेछ। मैले 'ग्लुमी सन्डे' जस्तो गीत- जो सुनेर कैयौँले आत्महत्या गरेका छन् – सुनेर पनि आत्महत्या गर्न सकिनँ। म मर्न सकिनँ सर ! किनभने ममा जीवन बाँकी थियो। गोविन्दराज सरले छाडेपछि म त्यहाँबाट हिँडे र यहाँ आएँ।"
मैले फेरि प्रश्न गर्ने हिसाबमा मुख खोलेँ- "अनि मै किन ...................?"
उसले फेरि हतारहतार भन्यो – "सर ! मैले बुझेँ सरको प्रश्न। इन्टरनेट सर्फ गर्दा तपाईँका कथाहरू दोहोर्‍याइ तेहेर्‍याई पढेँ। मलाई लाग्यो तपाईँले तपाईका कथाका पात्रहरूलाई जुनसुकै कथामा पनि न्याय गर्नुभएको छ। चाहे नायक हुन् या खलनायक उनीहरूको गरिमामय उपस्थिति छ सरका कथाहरूमा। त्यसैले मलाई पनि पक्कै न्याय गर्नुहुन्छ भन्ने ठूलो आसले आएको हुँ सर म तपाईँकहाँ।"

मेरा प्रश्नहरूको जबाफ त अनन्तले दियो। तर मैले उसलाई कसरी न्याय गर्ने त्यो उपाय बताएन। सायद ठान्यो होला पात्रले लेखकलाई सबै कुरा सिकाउने हो भने त्यो के लेखक भयो र ? तर मलाई अहिले कथाकार हुनु सजिलो पटक्कै रहेनछ जस्तो लागिरहेको छ। अब मेरा दिनहरू सामान्य हिसाबले व्यतीत हुने खालका छैनन्।

अनन्तसँग बिदा मागेर राजेशमानजी र म फर्कियौँ। राजेशमानजी त भरे गएर दसौँ पेग लगाउने कुरा गर्दै हुनुहुन्थ्यो भने म चाहिँ अनन्तलाई कसरी न्याय गरूँ अनि गोविन्दराज सरलाई के भनौँ भन्ने कुराको दोसाँधमा अल्झिरहेको थिएँ। मेरो भावशून्यताको पोखरीबाट निस्किने त्यान्द्रो त के डोरी नै भेटियो तर किनारामा भने प्रकाशको एउटै किरण पनि थिएन।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 0
Tweet

Post new comment

(If you're a human, don't change the following field)
Your first name.
The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    22 hours 19 min ago
  • Nice
    2 days 3 hours ago
  • a sound poem!
    5 days 16 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 16 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 16 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 17 hours ago
  • ramro
    5 days 18 hours ago
  • Nice !
    5 days 22 hours ago
  • तीता पलका बारेमा
    6 days 21 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 21 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • म एक पात्र हुँ
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • बहारसँगै उँड्यो मन
  • आस्थाको दीयो
  • मेरै देशमा जन्मे बुद्ध
  • उज्यालोको एकालाप
  • नदीकिनारमा
  • भुत्ते हतियार
  • "एकान्तका आफन्ताहरु ।।।।"
  • भित्तामा टाँगिएको तेलचित्र
  • आगोको ज्वाला
  • कार्यालय
  • Welcome to Majheri.Com
  • बादलुको माथिमाथि
  • घामसँग
  • मृगतृष्णा
  • गजल
  • बरु काली भन कृपया मलाई जाली नभन
  • ऋग्वेदमा देवीदेवता
  • तीन हाइकु
  • गजल
  • आमा
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित