Skip to content


आकाशै भरी नौलाखे तारा चम्केर बसेझैँ
सम्पूर्ण जाति नेपालीहरू मिलेर दुरुस्तै
पौरख गरौँ, पारखी बनौं समस्त जुटेरै
दुश्मनी हैन, मित्रता गरौँ स्वदेश-विश्वमै

अजरै छैन, अमरै छैन मनुष्य धर्तीमा
पूर्खा र पिता, विद्वान्-बन्धु अस्ताए हावामा
सद्धर्मी, कर्मी अमरै हुन्छ संसारै भरिमा
शान्तिको लागि अगुवा बन्छ जन्मेको धर्तीमा ।

बुद्धले शान्ति सिर्जेको हाम्रो स्वदेशै प्रसिद्ध
नेपालीलाई स्वतन्त्र-शान्त भनेरै मानिन्छ ।
आदर्श नारी सीताले जस्तै प्रतिष्ठा फैलाउ
पुरुषै-नारी जुटेर अब नेपालै उठाउ ।

अखण्ड देशै, बिखण्डतर्फ लम्केको देखिन्छ
द्वन्द्वले हैन, दोस्तीले बन्छ नेपाल सम्पन्न
विश्वकै सामु स्वाधीन देश स्वदेशै ठानिन्छ
सगरमाथा शान्तिको हाम्रो गजुरै मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *