Skip to content

खुशी तुल्याउनु जतिको धर्म


श्रम गर
यही धर्ती स्वर्ग बन्छ
यो धर्ती बाहेक अर्को स्वर्ग कतै छैन ।
कर्म गर
तिमीले सत्कर्मले खनेको बाटोमा
यो दुनियाका मान्छेहरू हिडिरहन्छन युग युगान्तर
सबैको हृदयमा तिमी हुनेछौ तिम्रो मृत्‍यु सम्भव नै छैन ।
विस्वास गर
हरेक ब्यक्तिको मन ईश्वरको धाम हो
यो बाहेक अरू ठाउमा
तिमीले खोजेको राम, बुद्द, अल्लाह, क्राइश्ट कोही भेटिने छैन ।
दया गर
भोकले कठांग्रिएका आत्माहरूलाई सन्तोष मिल्नेछ
तिम्रो अनुहारमा उनीहरूले आफूले कल्पेको ईश्वर पाउनेछन्
कसैलाई खुशी तुल्याउनु जतिको धर्म संसारमा अरू केही छैन ।

अस्तु :
बिबेक दुलाल क्षेत्री
वास्तविक नाम : भानु भक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यु ए ई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *