Skip to content

मुक्तक (हृदयभरि मलाई)


१)
हृदयभरि मलाई तीर लागेको छ
ढल्कँदो छ उमेर नि पिर लागेको छ
मेरा बाजे भन्नुहुन्छ ‘पिर नले नाति’
किनभने भर्खरै मंसिर लागेको छ ।

२)
आँखा चिम्ली लगाउँदा फूर्तिसँग माया
आजभोलि बसेको छ सुर्तिसँग माया
मायामा म अन्धोभक्त भई यस्तो भयो
बिनासित्ति गरिएछ ! मूर्तिसँग माया

Leave a Reply

Your email address will not be published. Required fields are marked *