Skip to content
IndraGelal-03


नेता हो कुर्शीमा नै, झगडा गरी बस,
सत्ता र शक्तिको, लफडा गरी बस

दुख खेपी फेरि पनि, विस्वास गरे जनताले,
हामी ठुलो पार्टी भन्दै, नखडा गरी बस

पसिना त जनताले, बगाएकै छन् नि यहाँ,
भ्रष्टाचारले भविष्यको, जगेडा गरी बस

एउटाको बहानामा, अर्को चाहिं झोक्किएर,
पालैपालो बहानाको, बखेडा गरी बस

मरुथलको अनावृष्टि, जस्तै छन् तृषित जनता,
घाम छायाँको लुकामारी, अखेडा गरी बस

Leave a Reply

Your email address will not be published. Required fields are marked *