Skip to content

लोकतन्त्रकै खातिर मर्नेहरूलाई सम्झ

  • by


लोकतन्त्रकै खातिर मर्नेहरूलाई सम्झ
गाउँ बस्तीमा चेतना छर्नेहरूलाई सम्झ

कुन नेपाली अछुतो थियो र युद्धबाट
दुवै पक्षको चेपुवामा पर्नेहरूलाई सम्झ

आ-आफ्नो क्षेत्रबाट जागेका थे आम नेपाली
कला, गला अनि कृति भर्नेहरूलाई सम्झ

एकताको सूत्र लिई सब स्वार्थ पन्छाएर,
हिमालदेखि तराई झर्नेहरूलाई सम्झ

सुशासन, शान्ति र अमन चैन ल्याउन,
तन मन शक्ति दान गर्नेलाई सम्झ

सत्तामा पुगेपछि नभुलेर विगतलाई
द्वन्द्वकै कारण बस्ती सर्नेहरूलाई सम्झ

मकवानपुर, हेटौंडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *