Skip to content

कुरा चार भित्ताका


धेरै पटक मैले यो घटना बिर्सन खोजें तर नामेट गरी मेरो सम्झनामा आइरहन्छ र बारम्बार मलाई घोचिरहन्छ, दुखिरहन्छ ।

जब मनमा कुनै कुरा बिझ्नथाल्छ तव त्यो विझाइ कम गर्न यो कलमको सहाराले केही रुप दिन थाल्छु र आफ्नो दुखाइ त्यसमा भर्ने गर्छु । यो घटनालाई पनि त्यस्तै गरी बिसाउन खोजें तर फेरि डर लाग्न लाथ्यो, तपाईहरूले के भन्नुहुन्छ ? के सोच्नुहुन्छ ? त्यसैले धेरै दिन चलाइसकेको कलम रोकें तर आज रोक्न सकिरहेको छैन । त्यो दुखाइको पीडा असह्य हुदैछ, त्यसैले एउटा सादर निवेदन साथ म त्यो दुखाई कलमको माध्यमले शव्दाकारमा पठाउदै छु, मेरो कथा बुझिदिनु, यो कथा पढेर बिर्सिदिनु ।

असारको महिना थियो, बाहिर पानी परिरहेको थियो । म चाहिँ फुच्चेको ग्वालो भई घर कुरेर बसेको थिए । दाजु मात्रै विदेशतिर हुनुहुन्थ्यो बाँकी सबै जना बाहिर खेतमै हुनुहुन्थ्यो, त्यो दिन एउटा नघट्नु पर्ने घटना घट्यो । त्यो दिन देखिनै मन भारी भएको छ र कता कता दुखिरहेको छ । हुन त भाउजूले ती कुरा चार भित्ताको भन्दै माफी पनि गरिसक्नु भयो तर मेरो मनले अँझै माफ गर्न सकेको छैन र हरेक पल एउटा सजाय दिइरहेको छ ।

बाहिरबाट भाउजू छिपिक्क भिजेर आउनु भयो । म त्यही बरण्डामै बसेको थिएँ । त्यतिखेर उनको भिजेको शरीर निकै लोभलाग्दो देखिन थाल्यो । लोभिझै निकै बेरसम्म हेरे पनि । कता कता मनले भन्दै थियो – क्षितिज यसरी के हेर्दाैछस् । कोहुन ती थाह छ ?’ तर मैले केही सोच्नै सकिन । उनलाई हेरेर टोलाइरहे । भाउजू पनि त्यही उभीनु भयो–

‘हैन, के भो आज ?’

के भयो आज ? मैले केही बुझ्नै सकिन र भाउजूलाई उत्तरै दिन सकिन । निरुत्तर भई त्यस्तै टोलाइरहे ।

ओगछाले ती भिजेका केश पुछ्नुभयो –‘खै, बाबु काँ छ ?’

मैले केही बोल्न सकिन, हातको इसाराले भित्र छ भनी बताए र भाउजू भित्रतिर जानुभो । म उनी गएको बाटो हेरिरहें ।

एकै छिनपछि भित्रबाट भाउजू आउनु भो ।

‘एकै छिन यल्लाई समाउनु न, म लुगा फेरेर आउछु’ भाउजूले फुच्चेलाई मेरो काखीमा राख्नु भयो र पुनः भित्र प्रवेश गर्नु भयो ।

यति बेला त्यो फुच्चेको रोदनले म होसमा आइसकेको थिए ।

भाउजूको पुनः आगमन भयो । तिनै भिजेका कपडा जिउमा भइदिएका भए सायद अँझै लोभ लाग्दो त्यो शरिरले तान्थ्यो तर यतिखेर भिजेका ती कपडा फेरिसक्नुभएको थियो ।

‘भाउजू, आमाबा कतिखेर आउनुहुन्छ ?’

दिउँसोको खाना खान खेतालाहरूको आउने समय भइसकेको थियो ।

भरे साझाँ आउछन् क्यारे !

बाआमाको बानी नै हो, काम भनेपछि खान नै बिर्सिदिन्छन् ।

‘तपाई कति खेर जाने त ?’

‘खाना पकाएर यतै ल्याउनु भन्दै हुनुहुन्थ्यो ।’

फुच्चे भोकले कराइरहेको थियो । भर्खर वर्षदिन जति हुदैँ थियो, न धेरै खान सक्छ न धेरै सहन सक्छ, बेला बेला खुवाउनु पर्छ ।

हामी त्यही बसेको थियो, पुनः भाउजूको शरिर देख्दा लोभिन थालें । एकछिनलाई त त्यहाँबाट उठ्न खोजे तर सकिन । खुट्टाहरू बाँधिएझै लाग्न थाल्यो, उठिसकेको थचक्क बसें ।

‘के भो देवर बाबुलाई ?’

के भन्नु ? ‘मन लोभिदै छ, फुच्चेलाई दुध चुसाएको देख्दा, तपाईको त्यो छाती देख्दा।’ मनमनै यो जवाफ गुञ्जिरह्यो तर भन्न सकिन ।

एकटकले हेरिरहे, फुच्चेलाई दुध चुसाएको, उनको छाती रसाएको ।

बेला बेला मनले भन्थ्यो – के हेर्देछस् ? तर चाहेर पनि त्यहाँबाट आँखा मोड्न सकिन ।

त्यो बेला भाउजू के गर्दै हुनुहुन्छ, मैले देख्नै सकिन । मन भित्रभित्रै सल्बलाउन थाल्यो, हातहरू चल्बलाउन थालें । मनमा एउटा प्यास लागेझै हुनथाल्यो, एउटा उन्माद भित्रभित्रै चलिरह्यो । सम्हाल्न खोजेँ तर मनलाई काबुमा राख्नै सकिन ।

बिस्तारै मेरा हातहरू उनीतिर सल्बलाउन थाले, उनीतिर तानिनथालें । निकै प्रयत्नपछि मेरा औलाहरू उनको हिप स्पर्श गर्न पुगें । औलाहरू त्यहाँ स्पर्श हुना साथ मनमा एउटा विचित्रको माद लाग्यो र औलाहरू त्यही अडिए ।

ती औलाहरूले उनका हरेक अंग स्पर्श गर्न मन लाग्यो, औलाहरू पुनः सल्वलाउन थाले । पहाड जस्तो उनको शरिरमा लुकामारी खेल्न मन लाग्यो ।

म त मदहोसमा थिए, तर यति बेलासम्म भाउजूलाई पनि थाहा भइसकेको हुनुपथ्यो मेरा औलाहरू कतातिर बगिरहेका छन्, मेरो मन केका लागि तिर्मिराइरहेको छ, उहाँले नै त्यो अनर्थ हुनबाट रोक्नुपर्ने थियो तर उहाँ पनि मजस्तै लाचार हुनुभयो, आफ्नो मनलाई बाध्न सक्नु भएन ।

उहाँका औला पनि सल्बलाउन थालेँ, मतिर बग्न थालें ।

हामीहरू एक अर्काका नयनमा हराइसकेका थियोँ । मनको तृष्णा मेटाउन रंगसागरको कल्पनामा हराउन थाल्यो ।

जब सल्वलाइरहेका उनका ओलाहरूले मलाई सहारा दियो, अनि मेरो सल्वलाहटको सीमा रहेन, समथल त्यो कम्वरको स्पर्शपछि मेरा ओलाहरू पहाडजस्तो त्यो छातीमाथि ओक्लिन पुगे । त्यति बेलासम्म उनका बाहुले मलाई बाधिसकेको थियो । त्यसपछि के के भयो, त्यो न मलाई थाहा भयो न उनलाई । मनको प्यास मेटाउन हामी रंगरसको संसारमा हराइसकेका थियो । जब हाम्रो प्यास मेटियो, तव हामी झस्कियौँ ? एकअर्कालाई देख्दा आफै भित्र एउटा विस्माद छायो । नया संसारमा भर्खर पाइला टेकेका अबोध बालकझै टोलायौँ ।

हत्तपत्त एउटा मेक्सी लपेट्दै भाउजू बाहिर दगुर्नु भोे तर म चाहिँ त्यही हराइरहे – के भयो ? के भएन ? मन कता कता हराउन थाल्यो र पश्चातापको ज्वालामा जल्नथाल्यो । यो के भयो ?

मनमा अनेक कुराहरू खेल्नथाले, ‘यो मैले के अनर्थ गरे ? दाजुले के भन्लान ? भोलि यो कुरा एक कान दुई कान हुदै मैदान हुदाँ अरुले के भन्लान ? बाआमाले के सोच्लान ? अब मैले भाजुका अगाडि कसरी जाने ? यो बदनामी लिएर मैले कसरी बाँच्ने ?…’ मेरो अन्तरमनले मलाई तिरस्कार गर्न थाल्यो ।

यति बेला भाउजूप्रति पनि रिस उठ्नथाल्यो–म त यौनप्यासमा छटपटाइरहेको थिए, उहाँले त त्यो प्यास नहोला ? उहाँले किन मलाई रोक्नुभएन ?

र त्यही हराए, त्यो कोठाभित्रै बिलाउन चाहे । अब ममा बाहिर आउने साहस थिएन ।

२)

दिनहरूसँगै समय बित्दै गयो । महिना दिन बितिसक्यो तर अँझै त्यो दिनको त्यो घटनाले मेरो मनलाई श्राप्न छाडेन । र मनलाई जलाउन छोडेन । हाँस्न खोज्दा त्यही घटना आँखामा नाच्न थाल्यो, केही बोल्न खोज्दा त्यो चेहरा आँखामा आउँन थाल्यो र त्यसको उदासिनताले पिरोल्न थाल्यो ।

यो एक महिना कसरी वित्यो, त्यो मलाई थाहा छ । कति पीडा यो मनमा भयो, मलाई थाहा छ । कति खेर सूर्य उदाउँथ्यो, कतिखेर अस्ताउँथ्यो, केही थाहा हुन्नथ्यो । ती चार भित्ताविच मैले आफूलाई कैद गरेर राखेको थिएँ ।

आमाबाले सोध्नुहुन्थ्यो ‘आजभोलि के भा‘को छ ?’ म निरुत्तर हुन्थें । अलि सन्चो नभएको बताउथें । पहिले पहिले त आमाबाले त्यति मतलब राखेन्न, जब मैले आफूलाई महिना दिनसम्म त्यो कोठामा कैद राखें तब आमाबालाई पनि चिन्ता हुनथाल्यो, ‘छोरालाई के भो ?’

मैले आफूलाई निकै विरामझै महशुस गरेको थिए । तर मलाई थहा थियो म कम्जोर किन हुदैँछु । मलाई त्यस्तो विराम लागेको थियो कि म कसैलाई यो रोगबारे भन्न सक्ने अवस्थामा थिएन ।

त्यो बेला मैले भाउजूमा परिवर्तन पनि देखेको थिए । पहिलेभन्दा भाउजू निकै परिवर्तित हुनुहुन्थ्यो । उनमा पनि पहिलेजस्तो त्यो चञ्चलता रहेन । उनले पनि आफ्नो जीवन परिवर्तन गरिसक्नु भएझै लाग्न थाल्यो । उनमा पहिले जस्तो जागर थिएन, म त्यो हर्ष खोज्थे तर त्यहाँ मौनता हुन्थ्यो । उनमा त्यो चञ्चलता खोज्थें तर उनमा पीर पाउथें । उहाँको जीवन वेस्वादमा डुबेझै लाग्यो । र, जब म उनको त्यो उदास चेहरा देख्थें, मेरो मनले भन्थ्यो –त्यसको जिम्मेवार त हस् । र त्यसको पीर मलाई हुन्थ्यो ।

३)

जीवन त्यस्तै चलिरहेको थियो, अतीतलाई विर्सन खोजिरहेको थिए तर पुनः मनमा त्रासद दिवास्वप्न आउँन थाले । र मलाई पिरोल्न थाले ।

एक दिन दाजुको पत्र आयो, आउदो भदौमा घर आउदैछु भनेर थाहा दिनुभयो । यो समाचार खुसीको हुनुपर्ने थियो । तर मैले हाँस्न नपाउँदै पुनः मेरो मनमा त्यही त्रास आएर बस्यो र मेरा सारा खुसी छिनिदियो । मनमा पुनः डर बस्न थाल्यो, अब दाजुले के भन्ने हुन ? मैले दाजुका सामु कसरी जानु ? मनले भोलि घट्ने अनेक घटनाहरू कल्पिन थाल्यो ।

यति बेला मैले केही सोच्न सकिन, मनमा एउटै खयाल आयो–मैले सबैबाट टाढिनुपर्छ । मैले यो घरबाट टाढा जानुपर्छ । मेरा लागि यो नै उत्तम उपाय थियो यो जलनबाट बच्ने ।

र एक दिन मैले त्यस्तै गरे ।

मलाई थहा थियो मेरो प्रत्यागमनपछि आमाबालाई पिर पर्ने छ, कहाँ गयो ? कस्तो होला ? आमाबाबुको मन न हो । जानुभन्दा अगाडि मैले एउटा पत्र छोडेको थिए –

पुज्यनीय आमाबा,

जीवनमा अनेक मोडहरू आउँदा रहेछन् । र हरेक मोडले एउटा परिवर्तन ल्याउँदो रहेछ । मेरो जीवनमा पनि त्यस्ता मोडहरू आए, गए । हरेक मोडमा मैले अनेक कुरा पाएँ । जीवनमा एउटा मोड यस्तो आयो, जुन मोडले मेरो जीवन सारा परिवर्तन गरिदियो । परिवर्तित जीवनलाई यो सेरोफेरोमा डोर्याउन सकिन त्यसैले नयाँ परिवेशसँग यो नयाँ जीवन बिताउनलाई घर छोडेर जादैछु, । हजूरहरूको चित्त अवस्य नै दुखाउँदै छु तर बाँध्यतावस मैले जानु नै पर्नेछ, त्यसैले जादैछु । मनलाई बाँध्न सके छिट्टै फर्कि आउनेछु । मेरो चिन्ता नलिनु ।’

र मिरमिरेमा ताराहरू नझर्दै त्यो झिस्मिसे उज्यालोसँगै मैले विदा मागें ।

विदा माग्नु अगाडि एक पल्ट भाउजूसामु क्षमायाचना गर्न चाहे, दैलोसम्म पुगें तर ढोका खोलेर भित्र पस्ने साहस आएन । ‘भाउजू मलाई माफ गरिदिनुस्’ ढोका बाटै यति भन्दै मैले विदा मागें । एउटा लक्ष्यहीन यात्रामा लागें

सुरुका केही दिन अलि गाह्रो भयो, घरपरिवारको याद झलझलि आँखामा आउँन थाल्यो । घरपरिवारको सम्झनाले रुवाउन थाल्यो तर पछि आदत नै बसिसक्यो । मनलाई शान्त पार्दै गनतव्यही त्यो बाटोमा मेरो यात्रा चलिरह्यो….

५)

आफैलाई विर्सर नयाँ जीवन आरम्भ गरिसकेको थिएँ अचानक पुनः अतित मेरा सामु आयो ।

विहानीको पूजा आरम्भ गर्दै थिए, कसैको आवाजले मन झस्कियो – ‘बाजे यो पनि चढाइदिनु ।’

आवाज चिनेझै लाग्यो र पहिलो पल्ट यो मन्दिरमा त्यो आवाज सुनेको थिएँ । उनीतिर पल्टेर हेर्दा त्यही चेहरा सामु आयो, जसबाट म भागिहिडेको थिए । पुनः भरिसकेको घाउ कोट्नि थाल्यो ।

‘देवर बाबु !’

मनमा पुनः पीडा भयो ।

‘यो के गर्नु भो ?’ परिवर्तित मेरो जीवनलाई देखेर टोलाउनु भयो ।

सायद एउटा सप्नाझै लाग्यो होला तर यो नै सत्य थियो । मैले संसारलाई विर्सेर यो मन्दिरलाई नै आफ्नो संसार ठानेको थिए, र त्यही संसरामा रमाउदै थिए । मैले गरेको पाप धूनु थियो ।

‘भाउजू, मलाई माफ गरिदिनुस् । मैले आफूलाई समाल्न सकिन, भाउजू मैले आफ्नो धर्म निभाउन सकिन’

निस्फाममा गरेको गल्तीको क्षमायाचना गरिरहेको थिए । त्योभन्दा ज्यादा बोल्ने साहस भएन ।

‘केको माफी ? त्यो गल्ती तपाईको मात्र हो र ? त्यसकी हिस्सेदार पनि हुँ, किन आफूले आफैलाई यस्तो सजाय दिनुभो ? गल्ती मेरो पनि थियो, मैले पनि सजाय पाउनु पर्ने थियो, तर ….’

‘हैन भाउजू, मैले आफ्नो धर्म निभाउन सकिन । आफैलाई संयम पार्न सकिन, त्यसको सजाय मैले पाउनु पर्ने थियो र आज भोगिरहेछु ।’

‘मैले पनि कहाँ धर्म निभाएकी थिए ? मैले पनि संयम्ता राख्नुपर्ने थियो, तर सकिन । र कसैले सक्दैन पनि । यो वास्नानै यस्तो छ, सबैलाई लठ्याउँछ । यो तिर्खा नै यस्तो छ सबैलाई तड्पाउँछ, जब यौनप्यासमा मन तडिपन्छ अनि उसले संयम्ता गुमाउँछ, आत्मनियन्त्रण गुमाउँछ र अचेत हुन्छ । हामी पनि त्यस्तै भयौँ । न मैले संयम्ता राख्नसके, न तपाईले । यो गल्ती हाम्रो हैन, यो गल्ती त त्यसको हो, जसले यो प्यास दियो, यो वास्ना दियो । हाम्रो के दोष ?’

भाउजूका कुराले मनको पीर घट्यो ।

‘कहिलेसम्म यसरी आफैसँग भागेर हिड्नुहुन्छ ?’

भाउजूको प्रश्न थियो ।

‘त्यो समाजमा म कसरी जाऊ ? दाजुले के भन्लान ?, आमाबा, त्यो समाजलाई म के जवाफ दिउला ?’

घरको माया थियो, तर डर पनि थियो । तर भाउजूले नै साहस दिनुभो, ‘के त्यो, ती कुरा चार भित्ताका, मैले त्यो कुरा चारभित्तामै राखेकी छु, जे भयो त्यही भयो । जाऊँ हिड् घर ।’

६)

भाउजूले त माफ गरिसक्नु भयो । ती कुरा बिर्सिदिनु भयो । तर पनि मनमा कहिले काहीँ त्यो घटना आउँछ । कहिले हसाउँछन् त कहिले रुवाउँछन् ।

रचनाकालः २०६६ मंसिर २१ गते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *