Skip to content

स्वस्थानी व्रतकथाको अन्तःवस्तु


शक्तिमाथिको विशेष प्रकारको श्रद्धा बोकेर रमाइलो मान्दै धेरैपल्ट स्वस्थानी कथा पढियो, तर अहिले सम्झँदा लाग्छ, कथा त फगत पढिएछ मात्र । कथाभित्रको घटनाक्रम, परिवेश, पात्रहरूबीचको लिङ्गीय सम्बन्ध र कथाले दीर्घकालीन रूपमा दिनखोजेको सन्देशबारे आफूभित्रै र सामूहिक रूपमा कुनै पनि प्रकारको चिन्तन, बहस, छलफल र विमर्श नै गरिएनछ । कथाभित्रका यस्ता केही विशिष्ट सन्दर्भ र घटना जसले दिएको निष्कर्ष र सन्देश पूर्णरूपमा गलत, असान्दर्भिक र अन्यायपूर्ण छन् ।

सतीदेवीसँग विवाह गर्न तयार रहेको जनाउँदै दक्षप्रजापतिसामु महादेवले लिएर गएको विवाहको प्रस्तावलाई दक्ष्ाप्रजापतिले इन्कार गर्छन् । उनी जीउमा खरानी घसी अर्धनग्न भई हिँड्ने, भाङ-धतुरो खाने र सोमत नभएकोलाई आफ्नी सुन्दर र सुशील छोरी नदिने अड्डी लिन्छन् । दक्ष्ाप्रजापतिको त्यो प्रतिक्रियालाई महादेवले ठीक ठानेनन् र पछि विष्णुको सहयोगमा कपटपूर्ण तरिकाले सतीदेवीसँग विवाह गरेरै छाडे ।

वास्तवमा यस घटनामा हामी महादेवको कथित महानता र वीरताबाहेक केही सोच्नै भ्याउँदैनौं । दक्षप्रजापतिको घमन्ड चुर पारेर महादेवले ठीक गरे भन्ने कुराको छाप पाठक र श्रोताको मनमा बसाउन कथाले प्रयास गरेको छ । दक्ष्ाप्रजापतिले महादेवलाई भनेको ठीकै त हो । हरेक बाबुले आफ्नी छोरीको विवाह राम्रो, इज्जतिलो र सामाजिक मर्यादाको ख्याल गर्ने पुरुषसँग होस् भन्ने चाहन्छ । कसैले पनि आफ्नी छोरी जाँड-रक्सी खाएर मात्दै हिँड्ने, अश्लीलता प्रदर्शन गर्ने र सामाजिक मर्यादालाई ख्याल नगर्ने पुरुषलाई दिन चाहँदैन, चाहे ऊ जतिसुकै बलियो र धनी किन नहोस् ।

यदि महादेवले सतीदेवीलाई साँच्चै मनपराएका थिए भने आफ्नो लवाइ-खवाइ र बानी-व्यवहारलाई सामान्य व्यक्तिको झैं बनाएर बाबुछोरीको मन जित्न सक्नुपथ्र्यो । फेरि उनी भगवानसमेत भएको हुनाले उनलाई त्यति गर्न सजिलो पनि त थियो । तर उनले त्यसो गर्न चाहेनन् र गलत बाटो रोजे ।

जब मायाजालमा परेर विष्णुको ठाउँमा सतीदेवीले महादेवलाई औंठी लगाइदिइन्, त्यतिखेर उनले प्रतिवाद गर्न सक्नुपथ्र्याे । किनभने उनले औंठी लगाउनु अघिसम्म विष्णुलाई पतिको रूपमा स्वीकार गरिसकेकी थिइन् । अचानक छलमा परेर महादेवलाई औंठी लगाइदिँदैमा कसरी तत्काल महादेवलाई पति मान्न सकिन्छ ? के कुनै विवाहको जग्गेमा बेहुलीको सिउँदोमा सिन्दूर हाल्नआँटेको बेहुलालाई बल प्रयोग गरी तर्साएर, धम्क्याएर कुनै अर्काे पुरुषले हतार-हतार सिन्दूर हाल्यो भने बेहुलीले फेरि तुरुन्त उसलाई नै पति मान्न सक्छे ? यसबाट के सन्देश जान्छ भने परिवार र पतिको इज्जतको लागि महिलाले आफूमाथि आइपरेको जस्तोसुकै अन्याय पनि चुपचाप सहन गर्नुपर्छ, जस्तोसुकै परिस्थिति आइपरे पनि त्यसलाई सहर्ष स्वीकार्नुपर्छ । यो सन्देश अत्यन्त गलत छ ।

देशका गन्यमान्य सबैलाई आमन्त्रित गरेर यज्ञको आयोजना गरेका दक्ष्ाप्रजापतिले महादेव र सतीदेवीलाई बोलाउँदैनन् । तब सतीदेवी एक्लै माइत गएर किन हामीलाई चाहिँ नबोलाएको भनी बाबुलाई प्रश्न गर्दा महादेवको कारणले नै निम्तो नपठाएको र महादेव नहुँदैमा यज्ञमा केही फरक नपर्ने भन्ने उत्तर बाबुबाट पाउँछिन् । बाबुको प्रतिक्रिया सुनेपछि सतीदेवीले मेरा श्रीमानविनाको यज्ञ कसरी पूर्ण होला र भन्दै आफ्ना श्रीमानको आलोचना सुन्न नसकेको जनाउँदै आगोमा हामफाली देह त्याग गर्छिन् ।

महादेव आफ्नालागि जति महान र महत्त्वपूर्ण छन्, त्यति अरूका लागि छैनन् कि । फेरि महादेवविनाको यज्ञ अपूर्ण नै हुन्थ्यो भने त बाबुले आमन्त्रण गरेका अन्य विद्वान पाहुनाहरूले पनि त उनलाई सम्झाउँथे होलान् । तर यसबारे सतीदेवीले कुनै सोचविचारै नगरी एक्कासी अनाहकमा एकबारको जुनी आगोमा होमिन् । यसबाट के सन्देश जान्छ भने पति भनेको पत्नीभन्दा उच्च स्थानमा रहने मानव हो, देवतासमान हो । उसले गल्ती गर्दैन, उसमा कमजोरी हुँदैन । कतैबाट आफ्नो पतिको आलोचना सुन्नु भनेको आफू अपवित्र हुनु हो । आफू पापको भागी हुनु हो । त्यसैले उक्त पाप पखाल्न ठूलो मूल्य चुकाउनुपर्छ, चाहे पतिको इज्जत, शान र मर्यादाको लागि आफ्नो ज्यान नै दिनु किन नपरोस् ।

कथामा अर्की एउटी पात्र छिन् गोमा, जो ७ वर्षकी बालिका हुन् । उनका बाआको आर्थिक उन्नति र दान पुण्यकार्यबाट विचलित बनेका इन्द्रले आइपरेको संकट समाधान गर्न महादेवलाई पुकार्छन् । इन्द्रको संकट समाधान गर्न अघि सरेका महादेव जोगीको भेषमा गोमाको घर गई अत्यन्त तुच्छ कारण देखाउँदै गोमालाई श्राप दिन्छन् ।

वास्तवमा एउटी ७ वर्षकी बालिकाले ‘मेरा बाआमा बाहिर जानुभा’छ, एकैछिन धैर्य गरी पर्खिदिनुहोस्’ भनेर अत्यन्त आदरपूर्ण आफ्ना कुरा राखेकी थिइन् । यसमा उनको गल्ती नै थिएन । गल्ती नै भए पनि एक सामान्य मानिसले त एउटी बालिकाले गरेको गल्तीलाई माफी दिन्छ भने महादेवजस्ता भगवानले माफी दिनुपथ्र्याे । तर उल्टै यस घटनामा गोमाको परिवारमा संकट थोपर्ने प्रयास गरिएको छ । पहिलो त महादेव र इन्द्रको यस कार्यको उद्देश्य नै गलत थियो । दोस्रो, त्यो उद्देश्य पूरा गर्ने उनीहरूको प्रक्रिया झनै गलत भइदियो । फेरि पछि गोमाको दुःखमोचनको उपाय सिकाइदिएर महादेवले आफैं बोक्सी आफैं धामी भन्ने भनाइलाई चरितार्थ गरिदिएका छन् ।

जालन्धर नामको व्यक्ति मार्नका लागि केही उपाय नलागेपछि उसैकी पत्नीको सतित्व लुट्नसमेत पछि पर्दैनन्, महादेव र विष्णुहरू । आफ्नो उद्देश्य पूरा गर्नका लागि विष्णुजस्ता भगवानबाट एउटी महिलाको इज्जतको कुनै ख्याल गरिएको छैन । यसले के सन्देश दिलाउँछ भने स्त्रीको पीडा, पीडा होइन । स्त्रीको इज्जत नै होइन । आफ्नो योजना पूरा गर्न उसलाई जुनसुकै रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

सय रोटी आफूले खाई आठ रोटी पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मितछोरालाई दिनु, मितछोरा पनि नभए मेरो मनःकामना पूर्ण होस् भनी खोलामा लगी बगाइदिनु भनी निर्देश गरिएको छ, कथामा । तर पुरुषको लाममा मितछोरासमेत आए पनि आफ्नै छोरीलाई किन दिनुहुन्न भन्ने पनि कतै उल्लेख गरिएको छैन । यसरी कथामा लिङ्गीय विभेद गरिएको छ ।

कथामा पार्वती भन्ने पात्रले महादेव स्वामी पाउँ भनी बालुवाको लिंग बनाई पूजा गरी मनःकामना गरेको प्रसङ्ग छ । सामान्य अर्थमा बुझ्दा लिंग भनेको त्यही पुरुष अङ्ग हो, जसले प्रजनन कार्यमा भाग लिन्छ र पिसाब नामको विकारको पदार्थलाई बाहिर फाल्छ । समाजमा यसलाई अश्लीलताको प्रतीकको रूपमा पनि लिइन्छ । तर त्यही लिंगलाई एउटी महिलाले पूजा गरी ढोगको र मनःकामना पूरा होस् भनी प्रार्थना गरेको प्रसङ्ग छ, कथामा । कुनै व्यक्तिको विचार, कार्य वा शरीरलाई मनपराइ ऊप्रति हार्दिक रूपले नतमस्तक हुनु एउटा कुरा । भावावेशमा बढी हार्दिकता झल्किँदा उक्त व्यक्तिको शिर वा हात ढोग्नु अर्काे कुरा । तर केही नपाएर पुरुषको लिंग नै पूजा गरी ढोग्नु । छिःछिः कति नीच र तुच्छ कुरा ओकल्नसकेको होला, कथा लेखिरहेको दिमाग र कलमले ।

किताब पढिसकेर के भन्न हिच्किचाहट हुँदैन भने पितृसत्तालाई वैधता दिन र पुरुषले आफू उच्च स्थानमा बसेर महिलालाई दोस्रो दर्जामा राखी आफू अनुकूलको हैकम चलाइरहन यस कथाले एउटा दह्रो हतियारको काम गरेको छ ।

निरक्ष्ार महिलाहरू व्रत बस्दै यो कथा पढेर भाग्यवादी बनी फगत आफ्नो मनःकामनाको पूर्णता खोजिरहेछन् भने साक्ष्ार र शिक्ष्ाित महिलाहरूले समेत कथाभित्रको पुरुषवादी हैकमवादको डटेर आलोचना/प्रतिवाद गर्नसकेका छैनन् । उनीहरू पतिलाई परमेश्वर ठानी मनःकामना पूरा गर्ने ध्याउन्नमा पतिको गोडाको पानी खानसमेत लालायित हुँदैनथे । नयाँ नेपाल बन्ने प्रक्रियामा अवरोधकका रूपमा विविध आर्थिक, राजनीतिक, सामाजिक तत्त्वहरूका साथै कतिपय विभेदकारी सांस्कृतिक अवशेषहरू पनि जिम्मेवार हुन्छन् । स्वस्थानी व्रतविधि र कथासारको सन्देशका कतिपय पक्ष्ाहरू यस्तै विभेदकारी सांस्कृतिक अवशेष हुन् । यस्ता अवशेषको रूपान्तरणविना न्यायपूर्ण समाजको स्थापना हुन सक्दैन । न्यायपूर्ण समाजको स्थापनाविना नयाँ नेपाल बन्न सक्दैन । तसर्थ नेपाली समाजमा ठूलो प्रभाव छाडेको स्वस्थानी व्रतविधि र यसको कथाबारे अब विभिन्न युवा, महिला समूह र विद्वत् वर्गबीचमा चर्काे बहस हुन जरुरी छ ।

लेखक, समाजशास्त्रका विद्यार्थी हुन् ।

2 thoughts on “स्वस्थानी व्रतकथाको अन्तःवस्तु”

  1. U just know the Negative
    U just know the Negative impact of the story but u should think the positive way also which may be the still searching Theory of the Scientists, Man

Leave a Reply

Your email address will not be published. Required fields are marked *