Skip to content

फूल टिपेर मायाको चढाउँदैछु


फूल टिपेर मायाको चढाउँदैछु मायालुलाई
गम्कन्छ सुवास अवस्य एक दिन त्यो मुटुको अन्तरभित्र
धून बुनेर हृदयको सुनाउँदैछु मायालुलाई

मायालाई मेरो उपहास गर्ने मायालु तिमी अबुझ छौ
जल्नेछ ज्योति अवस्य एक दिन त्यो मुटुको अन्तरभित्र
फूल टिपेर मायाको चढाउँदैछु मायालुलाई

ढुकढुक गर्ने छातीमा तिम्रो आज अर्कै सरगम छ
बज्नेछ गीत अवस्य एक दिन त्यो मुटुको अन्तरभित्र

रित्ता छन् तिम्रा सपना सारा आँखामा पर्दा लागेका छन्
भर्नेछ रंग अवस्य एक दिन त्यो मुटुको अन्तरभित्र

स्वर – बच्चु कैलाश
संगीत – भूपेन्द्र रायमाझी
चलचित्र – मनकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *