Skip to content

डलर टिप्ने यात्रा

  • by


बिदेश बिदेश बिदेश याने कि मनी मनी मनी !!! पन्जाब होसियारपुर का पाजी हरु पछी बिदेश हात खुट्टा नै फ्याकेर डौडने मा हामी नेपाली हरु दोस्रो मा पर्दछौ क्यारे । पढेर १८० कै डिग्री लेका हुन कि ० डिग्री सम्म का सब लाई बिदेश नै प्यारो भलै घर को भैंसी बेचेर बिदेश भेडा चराआउन नै किन नपरोस , भलै घर को दुधे बच्चा छोडेर बिदेश मा बेबी सिटिङ नै किन गर्न नपरोस , भलै घर का बुढा आमा बाबु छोडेर बिदेश मा सिनियर को सेवा गर्न किन नपरोस झर्नु पर्‍यो डलर !!1

नेपाल मा ८० दशक को मध्य देखी नै बिदेश जाने हरु को लहर एबम चर्चा ले राम्रै बजार छाइ सकेको थियो । त्यस बेला बिशेष गरी अमेरिका र जापान नै मुख्य लछ्य हुन्थे । आफु लठ्ही घुमाउने र बन्दुक पडकाउने जागिर मा छिरेको भए पनि न त लठ्ही घुमाएर फाईदा लिने कला सिकियो न त बन्दुक पडकाएर सोझा लाई तर्साउन जानियो । बिहान बुढी को पटुकि बाट झारी लाग्यो बेलुका सुक्को बगली मा हुन्नथ्यो । घुर्की सुन्नु पर्दथ्यो कस्तो डन्ठे हाकिम हो अरु लौरो हल्लाएर कमाएर लेराउदछन हाम्रो बुढो भने सिध्याएर खाली हात घर आउछंन । दैनिक खर्च बड्दो छ बाउ बाजे को सम्पत्ति बेचेर खाएर कती दिन घर चलाऊने ? लठ्ही घुमाउने सोझा लाई धम्काउने र भ्रस्ट , माफिया लाई सेलुट गर्ने कला आफुमा भएन आफ्नै समुह का साथी हरु का चुरी फुरी र दिनानुदिन आर्थिक सम्पन्नता देखदा आफ्न्त हरु नै खुचिङ हुतिहारा डन्ठे हाकिम भन्थे । साथी हरु हरा भरा भाई राखेका बेला आफ्नो टाउको को गुदिमा भने बिदेश गएर डलर टपाटप टिपेर लेराइ साथी हरु लाई देखाउने युक्ती सुध्यो ।

आफ्न्त को एउटा नाम चले को गार्मेन्ट को म्यानेजर हुँ तिम्रो देश मा ब्यापार बढाउन जान लाग्या भिशा दिन्छौ भनी आबेदन गरेको त ढ्याम्म लौखा गरी खा भने झै ठोकी दियो भिशा ।यस्सरी झुक्काउन सकिएला भन्ने सत प्रतिसत विश्वाश रामो राम थिएन ल । अध्यारो मा हानेको गोली ठाउमा लागे जस्तो भयो मेरो लागि । १९९२ को मे को १५ तारिख मा डलर टपाटप टिप्ने रहर बोकी अमेरिका को नियुयोर्क शहर मा अाइपुगे । ४ दिन सम्म त उठ्ने खाने सुत्ने मै बित्यो देख्या त होइन खै के लाग्यो भन्थे हबाइ जहाज मा उडे पछी धेरै लाई त्यस्तो के हो लाग्द छ रे ?

अली तँग्रिये पछी नेपाल तिर गफ दिनु पर्‍यो भनेर सस्तो फोन कार्ड किन्न भनी म्यान हाटन तिर हात मा पैसा बोकी लागिएको थियो । एउटा रिठ्हेले एक झड्का देर हात को २० डलर बाज ले माछा टिपे झै थुतेर लाग्यो । रुनु कि हास्नु भयो डलर टिपुला भनी आको उल्टो खोसेर पो लाग्यो । मन ज्यादै खिन्न भयो देश को लौरे बिदेश मा आएको हफ्ता मा नै धक्का खाएर लुटिनु पर्दा कस्तो भयो होला ? बिदेस को त्यो पहिलो नमिठो अनुभुती थियो ।

भोली पल्ट डलर टिप्ने ठाउमा जाने कुरा भयो । एक जना होसियार पुर का पाजी को साथ मा । तीन ब्लक पर पैदल नै गैयो । गर्मी को मौसम थियो तैपनी मान्छे को दाँया हात मा ओभर कोट बाँया हात मा छाता बोकेर हिंडेका देखे । अचम्म लागेर पाजी लाई सोधे उन्ले भने अरे भाई यस मुलुक मा तीन डब्लु को ठेगान हुन्न भन्या थाहा छैन ?मैले थाहा नभएर त सोधेको नि पाजी उन्ले बुझाये मैले बुझे अनी दंग परे । आर्थ न बर्थ गोबिन्द गाई भने जस्तो काम पाउन सामाजिक सुरक्षा को कार्ड चाहिने रे ? कस्ले दिन्छ ?कहा दिन्छ ?कहिले दिन्छ ?कसरी दिन्छ ? केही अत्तो पत्तो छैन । त्यो नभएका लाई हत मा क्याश दिने रे हात देओस कि गोडा मा बाल मतलब चाँहीयो डलर मनमा त्यस्तै सोच्दै थिए पाजी ले डलर टिप्ने ठाउँ अाइपुगे को सन्केत गरे । कता बाट हो नेपाल मा समेत कहिल्यै नाक मा नपुगेको डुङ डुङ गन्ध अाइ रहेको थियो । प्रस्ताब आयो ६० मिनेट मा ४ डलर झर्ने काम को पत्तो न तरिका को आफु अल मल्ल मा परे को देखेर पाजी ले भने चलो चलो काम मिल्ना मुस्किल हे जो मिला कर्ते रहो दुस्रा मिलेगा तो फिर देखलेँगे खाली बैठ्ना नही है । ओके अच्छा अच्छा ओके भने । पाजी फर्किये राम्रो सित काम गर्ने अर्ती दिएर । हुल्यो मेक्सिकन ले डलर टिप्ने कम्पाउँड भित्र प्लास्तिक को सेतो टोपी लाउन दियो पहेलो रङ को जाली जाली भएको इस्त कोट दियो अनी आरमान्दो ले भन्यो क्यान क्यान कम्पनी कम्पनी एका तिर बोत्तल बोत्तल कम्पनी कम्पनी एका तिर दाँया हेनेकेन बाँया कोरोना पूर्व बडवाइजर पस्चिम सियरा नेभाडा दुई त के चार हात ले पनि गर्न नस्क्ने काम गर्नु पर्‍यो । पोख्त मेक्सिकन हरु ले ४ ड्रम भरुन्जेल आफु ले एक पनि भर्न सक्या होइन । दुई घण्टा पछी दश मिनेट ब्रेक भने को थियो आफुले सधैं को लागि ब्रेक लिएर हिंडे ।

त्यस पछी हफ्ता खाली बसी सरसल्लाह छलफल भेटघाट बिचरा बिमर्श गर्दा एउटा सुत्र फेला पर्‍यो अनी सयुक्त राष्ट्र संघ मा शान्ती मिसन को लागि निबेदन दिये । तत्कालिन नेपाल का स्थाई प्रतिनिधि जय राज आचार्य जि को सहयोग मा अन्तर्वाता पनि भयो पास पनि भये तर आर्को ४ महिना कुर्नु पर्ने र संपर्क ठेगाना अमेरिका मा नै हुनु पर्ने ४, ४ महिना के गरेर बस्ने ?ह्वा नेपाल हिडिको दिन देखी डलर टिपेको हिसाब राख्न सुरु भै सक्यो बेतलबी लेखापाल कती हुन कती डलर टिप्न आको खाली हात कसरी बस्ने ?चिन्ता ले कम्मर पातलो भयो सातै दिन मा । जापान मा भएका एक जन मित्र लाई फोन गरे उन्ले भने यता आउनुस यता दुई देखी तीन लाख एन कमाइ हुन्छ । समय खेर फाल्नु नहुने सिधान्त मा अडिग मैले जापान जाने बिचार गरे एक जना ब्यापारि मित्र को सहयोग मा रिफ्रेन्स पत्र बनाएर जापानी दुताबास मा गएको त त्यहा पनि ढ्याम भिशा दियो । तुरुन्तै टीकेत काटेर महिना दिन को अमेरिका को बसाइ लाई बाइ बाइ भन्दै जापान को नारिता बिमान्स्थल तिर लागियो मान का मान एन टिप्ने सपना बोकेर ।

अर्को सपना को संसार मा पुगियो टोक्यो नगिचै को शहर कवागुची भन्ने ठाउँ मा । छत मा काठ ले बेरेको एउटा सानो कोठा को भुइ मा सिङल मेट्रेस्स मा ५ जना सुत्ने ठाउँ रहेछ मेरो नम्बर एस् भयो । एउटा मेट्रेस्स मा दुई जना सुत्छौ हजुर हाम्रो जापान मा एक मित्र ले थपे । म आउने खबर ले सँगइ खाना खाने भनी कुरेर बस्नु भएको रैछ मित्र हरु खाना खाने प्रस्ताब राखे एक मित्र ले सबै को सर्ब सहमति भयो । गहिरो बड्को मा अस्ट्रेलिया को भेडा को मासु मा मुला मिसाएको तरकारी मास को दाल अनी स्वागत को लागि सापूरू बियर वा क्या मज्जा ?बियर खम्पाइ गरेर एक दुई चम्चा खाना मुख मा के हालेको थिए त्यो दिन को खाना पकाउने पालो परेका मित्र ले मलाई सोधे सियो कस्तो छ ?कता को सियो ?लामो सियो छोटो सियो ? मोटो सियो पातलो सियो ?कस्तो सियो ?दिमाग घुम्यो एक छिन । त्यसइ बिछ अर्का मित्र ले सम्झाये नुन कस्तो छ भनी सोधेको नि ?बल्ल दिमाग शान्त भयो । भोली बिहान नै सबै को काम भएकाले सुत्ने प्रस्ताब आयो त्यस मा पनि निसर्त सर्ब सहमति भयो सुतियो अरु त सुते यता घुरुरु उता घुरुरु दोहोरी खेल झै घार र घुर त्यो पनि नयाँ ठाउँ नयाँ बिस्तरा आँखा पिरो पार्दै रमिता हेर्दै रत बित्यो बिहान सबै काम मा गये अनी आफ्नो साम्राज्य छायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *