Skip to content

छ कोही शायद मेरो वरिपरि


छ कोही शायद मेरो वरिपरि
महसुस गर्छु तर देख्दिन केही गरी

उठ्दा बस्दा खादा सुत्दा हिड्दा डुल्दा
याद गर्छु धेरै अनि पर्छ आँखाबाट झरी

प्रत्येक पल देख्न चाहन्छु उनलाई
अनि चाहन्छु राख्न हृदय भरि

बगैचामा फुल्ने सुन्दर फुल सरी
निस्कन्छ मुरलीबाट मिठो धुन जसरी

महसुस गर्छु तर देख्दिन केही गरी
छ कोही शायद मेरो वरिपरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *