Skip to content

जिन्दगीमा केही गर्न सकिएन


खोजे कति बाटाहरू भेट्न सकिएन
अहिलेसम्म जिन्दगीलाई बुझ्नै सकिएन

हिडे कति एक्लै एक्लै रहस्यको खोजी गर्दै
रहस्यमा जिन्दगीलाई मुछ्नै सकिएन

पर्खाइमा रहे कोही परेलीलाई भिजाएर
भिजेका ती परेलीलाई पुछ्नै सकिएन

खै के जिउनु यो जिन्दगी बेअर्थ को थुप्रो मात्र
बेअर्थ कै जीवन भन्दै लुछ्नै सकिएन

जता हेर्छु मात्र देख्छु तानातान गर्नेहरू
आफू चाहिं त्यस्तो लाममा घुस्नै सकिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *