Skip to content

एक जोडी आँखाहरु


शव्दहरूमा केही नबोली मूक आँखाले नै
धेरै कुराहरू बोल्ने ती एक जोडी विचित्रका आँखाहरू
यदाकदा मेरा सपनीहरूमा आउने गर्छन्
लज्जा र सङ्कोचले गर्दा कानमै सुटुक्क साउती गर्न खोजेझैं
ती एक जोर आँखाहरू होशियारका साथ दायाँ वायाँ हेर्ने गर्छन्
अनि लामो समयसम्म टोलाएर केही पढ्न खोजेझै मेरो अनुहारमा
टोलाइरहन्‍छन् ती एक जोडी विचित्रका आँखाहरू
कुनै भावुक कविझैं, कुनै सिपालु चित्रकारझैं
मेरो सर्वस्व कैद गर्न खोज्छन् आफ्नो आँखाको सागरमा
को होली ती एक जोडी आँखाहरूको धनी?
को होली सदैव मेरी सपनीहरूमा आइरहने ती सुन्दर परी?
संसार घुमे अह पटक्कै भूल्न सकेको होइन
हजार आँखाहरूका भीडमा खोजे तर अह भेट्न सकेको होइन
टिपेर खल्तीमै राखूँ जस्ता ती एक जोडी आँखाहरू!!!

1 thought on “एक जोडी आँखाहरु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *